गुल्मी । नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले क्रान्तिलाई पुँजीकृत गर्न विचार शंश्लेषण गर्ने आवश्यक भएको बताए । उहाँले पार्टीले १० बर्षसम्म गरिएको काम र विचारका क्षेत्रमा गरिएका विकासलाई व्यक्त गर्न विचार संश्लेषण गर्न लागिएको बताउनुभयो । यसले सत्यलाई स्थापित गर्न क्रान्तिलाई अगाडी बढाउन सहयोग गर्ने बताउनुभयो ।
नेकपाको गुल्मी जिल्ला बैठकमा उहाँले उक्त कुरा बताउनुभएको हो । जिल्ला सदरमुकाम तम्घासमा बसेको बैठकले राजनीतिक, संगठनात्मक एवं उत्पादनका बिषयमा महत्वपूर्ण निर्णय गरेको छ ।
