२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • नेकपा  बुटवल नगर समिति  बैठक सम्पन्न...
समाचार

नेकपा  बुटवल नगर समिति  बैठक सम्पन्न , एक वडा एक उत्पादन अगाडि बढाउने निर्णय

नेकपा  बुटवल नगर समिति  बैठक सम्पन्न , एक वडा एक उत्पादन अगाडि बढाउने निर्णय

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  •  बुटवल ।  विप्लव नेतृत्वको नेकपाको बुटवल उपमहानगरपालिका समितिको पुर्ण बैठक सम्पन्न भएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य शरद सीको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो ।
    उक्त बैठकलाई सम्बोधन गर्दै  प्रमुख अतिथि  शरद सीले हालै सम्पन्न पार्टीका केन्द्रीय तथा प्रदेश कमिटीका निर्णयहरु र आगामी योजनाका विषयमा स्पष्ट पार्नु भयो । 
    विचार मिल्ने सँग पार्टी एकताको पहल गरिने , सँगै पार्टी धुब्रीकरणमा जोड दिने तथा समाजवादी मोर्चालाई प्रभावकारी तरिकाबाट अगाडि बढाउने योजना रहेको बताउनु भयो ।
     आत्म निर्भर नेता ,कार्यकर्ता र पार्टी निर्माणमा योगदान पुराउन सबैलाई आग्रह गर्दै    एक वडा एक उत्पादन योजना लागु गर्न निर्देशन दिनु भयो
    यसैगरी पार्टी केन्द्रीय  सदस्य जया सीले पार्टीले अगाडि सारेका योजनाहरुलाई कार्यान्वयन गर्न सबैलाई आग्रह गर्नुभयो ।
    उक्त बैठकमा नगर सेक्रेटेरी विज्ञान सीले पार्टी केन्द्र तथा प्रदेशको परिपत्र प्रस्तुत गर्नु भएको थियोे ।  साथै सेक्रेटरी विज्ञान  सीले प्रस्तुत गर्नुभएको नगर समितिको योजना सर्वसम्मत पारित गरिएको छ । उक्त योजनाहरुमा उत्पादन देखि संगठन निर्माण र सर्घषहरु समेत समेटिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij