२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • नेपाली पञ्चेबाजाको "कल्लाई थाहा छ र...
समाचार

नेपाली पञ्चेबाजाको "कल्लाई थाहा छ र "  गीति एल्बम सार्वजनिक

नेपाली पञ्चेबाजाको "कल्लाई थाहा छ र "  गीति एल्बम सार्वजनिक

शनिवार, माघ १२ २०८१
शनिवार, माघ १२ २०८१
  • बुटवल  ।   राष्ट्रिय लोक तथा  दोहोरी गीत प्रतिस्ठान नेपालका उपाध्यक्ष सुवास केसीको शब्द तथा अभिनय रहेको   " कल्लाई थाहा छ र " नेपाली मौलिक पञ्चेबाजाको नयाँ गीति एल्बम सार्वजनिक भएको छ ।
    उक्त गीतमा  सर्जक  एवं साहित्यकार डिल्लीनारायण पाण्डे तथा लोकपि्रय गायिका प्रीति आलेलेको स्वर  तथा  डिल्लीनारायण पाण्डेले संगीत भरेका छन् । उक्त गीति एल्बममा विनोद पराजुलीले संगीत संयोजन गरेका छन् ।


    मुख्यतः प्युठान जिल्लाको ग्रामीण परिवेश र मौलिकतालाई देखाइएको छ ।उक्त गीति एल्बमको निर्देशन कमल भक्तले गरेका छन् भने सुवास केसी ,नीरा बुढाथोकी ,गणेश केसी ,प्रतीक्षा केसी लगाएतको अभिनय रहेको छ ।
    पछिल्लोपटक नेपाली मौलिकतामा रहेको पञ्चेबाजा युटुबमा सार्वजनिक भए पछि सबैले मन पराएका छन् । 

    यसैबीच सर्जन तथा साहित्यकार समेत रहेका डिल्लीनारायण पाण्डेले नेपाली मौलिक पन्चेबाजाको संरक्षण गर्ने उदेश्यले गीति एल्बम सार्वजनिक गरेको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij