लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा अगाडि बढेको लुम्बिनी विशिष्टिकृत सहकारी संघको पाचौं वाषिर्क साधारणसभा तथा दोस्रो अधिबेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई आज एक कार्यक्रमको विच पदस्थापना गरिएको छ ।
उक्त साधारणसभा तथा अधिबेशनले ज्ञानु पौड्यालको नेतृत्वमा १५ सदस्य संचालक समिति सर्वसम्मत रुपमा चयन गरेको थियो ।
यसैगरी उपाध्यक्षमा धाल बहादुर थापा (डिवी थापा) , सचिव मीन प्रसाद पोख्रेल ,कोषाध्यक्ष खेम प्रसाद गौतम र सदस्यहरुमा राधा पोख्रेल थापा ,झुपा पाण्डे , झपेन्द्र राज अर्याल ,उमा राना ,अर्जुनराज उपाध्याय ,टिकाराम चापागाईं ,देवी प्रसाद पाण्डे ,धनकुमारी बराल ,कृष्णप्रसाद पाण्डे ,पुर्ण प्रसाद तिमिल्सिना ,अर्जुन रानाभाट निर्बिरोध चयन हुनुभएको थियो ।
यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा कृष्णप्रसाद अर्याल तथा सदस्यहरुमा रामकृष्ण शर्मा र तुल्सा थापा क्षेत्री चयन हुनुभएको थियोे ।
निर्वाचित संचालक समितिलाई निर्वाचन उपसमिति संयोजक शिव पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियोे ।
यसैबीच नवनिर्वाचित अध्यक्ष ज्ञानु पौडेलले संस्थालाई नयाँ उचाइमा पुराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे भने संघका निवर्तमान अध्यक्ष डा खगराज शर्मा तथा राष्ट्रिय सहकारी संघका केन्द्रीय लेखा समिति संयोजक भिम प्रसाद तुलाचनले सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियोे ।
लुम्बिनी प्रदेश भित्रका १४३ वटा सहकारीहरुको संलग्नतामा रहेको संघले दुध तथा दुग्ध पदार्थहरु उत्पादन तथा बिक्रीवितरण शुरुआत गरिसकेको छ ।
