२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
युवा संगठन नेपाल

तीनबुँदे सहमति कार्यान्वयनका लागि हस्ताक्षर अभियान

तीनबुँदे सहमति कार्यान्वयनका लागि हस्ताक्षर अभियान

युवा संगठन नेपालले नेकपा र सरकारविच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले ५ वर्ष पुग्न लाग्दासमेत राज्यले ३ बुँदे सहमति कार्यान्वयन नगर्नु गम्भीर षडयन्त्र भएको भन्दै चितवनबाट हस्ताक्षर अभियान सुरु गरेको बताएको छ ।

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौँ । युवा संगठन नेपालले नेकपा र सरकारविच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले ५ वर्ष पुग्न लाग्दासमेत राज्यले ३ बुँदे सहमति कार्यान्वयन नगर्नु गम्भीर षडयन्त्र भएको भन्दै चितवनबाट हस्ताक्षर अभियान सुरु गरेको बताएको छ ।

    उक्त हस्ताक्षर अभियान सुरु गर्दै युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले ३ बुँदे सहमति भएको ५ वर्ष पुग्न लाग्दासमेत राज्यले कार्यान्वयन नगर्नु भनेको गम्भीर षडयन्त्र भएको भन्दै राज्य सहमतिवाट भागेको आरोप लगाए । उनले ३ बुँदे सहमति तत्काल लागू गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे । अध्यक्ष दिनेश सीले ३ बुँदे सहमति राज्यले कार्यान्वयन नगरे थप संघर्ष अगाडि बढाउने बताए ।

    उक्त हस्ताक्षर अभियान कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य चितवन इन्चार्ज उत्सव सी, केन्द्रिय सदस्य तथा सेक्रेटरी रुद्र सी, केन्द्रिय सदस्य सिसम सी, युवाका जिल्ला इन्चार्ज अशोक सी, केन्द्रीय सदस्यहरु हिमाल सी, पारस सी, सम्झना सी, सन्तोष सी, आकाश सीलगायतका युवाहरुको सहभागिता थियो । अभियान माघ ८ गतेसम्म चल्ने छ ।

    473719521_1298693044501605_6376632292718660087_n.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij