२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी...
नेकपामा प्रवेशको लहर

माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी ७ जना नेकपामा प्रवेश

माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी ७ जना नेकपामा प्रवेश

नेकपा माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी ७ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टीको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गरेका हुन । नवप्रवेशीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कार्यक्रमस्थलमा स्वागत गरे ।

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • सुर्खेत । नेकपा माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी ७ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टीको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गरेका हुन । नवप्रवेशीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कार्यक्रमस्थलमा स्वागत गरे ।

    नेकपामा प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका सल्यान जिल्लाका नेताहरु गोविन्द सी, कुल बहादुर सी, दुर्गा सी, रुकुम पश्चिमका विभिन्न पार्टी सम्वद्ध चन्द्र बहादुर सी, बल सी, निम सी र अर्जुन सीसहित ७ जना रहेका छन् ।

    उनीहरुले देशको अवको सम्भावना र नेतृत्व गर्न सक्ने इमान्दार पार्टी र नेतृत्व र कार्यदिशा नेकपामा देखेकाले पार्टी प्रवेशग गरेको बताएका छन् ।

    नवप्रवेशीहरुलाई नेकपाका महासचिव विप्लवले हार्दिक बधाई दिदै एकीकृत जनक्रान्तिको मोर्चामा निरन्तर लाग्न र जनताको सेवा गर्न सुझाव दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij