२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • रुपन्देही डेरी व्यवसायी समिति द्वारा बुटवल...
समाचार

रुपन्देही डेरी व्यवसायी समिति द्वारा बुटवल उपमहानगरपालिकाले निर्धारण गरेको बोर्ड राख्ने निर्णय

रुपन्देही डेरी व्यवसायी समिति द्वारा बुटवल उपमहानगरपालिकाले निर्धारण गरेको बोर्ड राख्ने निर्णय

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • रुपन्देही डेरी व्यवसायी समितिको १६ औं  साधारणसभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ । 

    उक्त साधारणसभामा संस्थाका निवर्तमान अध्यक्ष रामकृष्ण शर्माले बुटवल उपमहानगरपालिकाको योजना कार्यान्वयन गर्ने सम्बन्धमा महत्त्वपूर्ण प्रस्ताव पेश गरे।  रुपन्देही डेरी व्यवसायी समितिले  स्थानीय निकायले तोकेको  मापदण्डअनुसार  सबै डेरी पसलहरुमा एउटै प्रकारको  बोर्ड राख्ने  प्रस्ताव   प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बन्दसत्रमा अनुमोदन भए सँगै  अब कार्यान्वयनको चरणमा जाने छ ।

    मुख्यतः बुटवल उपमहानगरपालिकाले  पसलमा राखेका बोर्डहरुको कर लिन थालेपछि व्यवसायीहरु आन्दोलित नै बनेका थिए ।  

    अहिले डेरी व्यवसायी समितिले स्थानीय तहले तोकेको मापदण्डअनुसारको बोर्ड अनिवार्य गर्ने निर्णय गरेपछि सबै तिरबाट सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् । उक्त प्रस्ताव कार्यान्वयन गराई सहयोग गर्न बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले समेत आग्रह गरेकी छन् ।  रुपन्देही डेरी व्यवसायी समितिले जस्तै स्थानीय सरकारलाई सहयोग गर्न अन्य संघ संस्थालाई समेत अनुरोध  गरिन् ।

    यसैगरी बुटवल उद्योग वाणिज्य संघका सभापति हरि प्रसाद अर्यालले समेत डेरी व्यवसायी समितिको प्रस्ताव प्रति स्वागत गरेका छन् । यसैगरी उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी ,रुपन्देही उद्योग संघका बरिस्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली , रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणिराम खनाल लगाएतले उक्त प्रस्तावको स्वागत गर्दै कार्यान्वयनको लागि सुझाव दिएका छन् । 
    स्मरण रहोस् , स्थानीय सरकार बुटवल उपमहानगरपालिकाको निर्णयलाई नितिगत रुपमै निर्णय गरेर कार्यान्वयन गर्ने पहिलो संस्थाको रुपमा डेरी व्यवसायी समिति देखिएको छ । यसले बुटवलको सौर्न्दर्यतामा थप टेवा पुग्ने बिश्वास गरिएको छ ।

    यसैबीच निवर्तमान अध्यक्ष रामकृष्ण शर्माले यस् निर्णयलाई समितिमा छलफल गरि कलर निर्धारण गरेर तत्कालै लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij