होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही द्वारा आयोजना हुने बुटवल सडक खाना महोत्सव तथा माघे सक्रान्ती मेला यहीँ पौष २९ गतेबाट बुटवल वडा नं ७ दिप नगर सिद्देश्वरी माविको खेल मैदानमा शुरु हुने भएको छ ।
परम्परागत कला ,संस्कृतिको संरक्षण साथै पर्यटन प्रवद्वर्न गर्ने तथा बुटवल बजार क्षेत्रलाई थप चलयमान गराउने उदेश्यले होटल रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले उक्त मेला आयोजना गर्न लागेको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताएका छन् ।
उक्त महोत्सवमा विभिन्न कला , सँस्कृति तथा मौलिक परम्परा झल्काउने खालका झाकीहरु प्रदर्सन गरिने तथा स्थानीय तथा मौलिक खालका खानाका परिकारहरु समेत राखिने भएको छ । माघ २ गतेसम्म संचालन हुने महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको साँस्कृतिक कार्यक्रम समेत हुने संघले जनाएको छ ।
यसैबीच संघले उक्त कार्यक्रम सफल पार्न बुटवलमा रहेका झन्डै ३० वटा संघ संस्थाको विच अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका अध्यक्षहरुले बुटवल सडक खाना महोत्सवलाई सफल पार्न आ आफ्नो संस्थाको पुर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस अघि अंग्रेजी नयाँ बर्षको अवसरमा हुने महोत्सवलाई अहिले माघी पर्वसँग जोडेर केही दिन पर सारिएको हो ।
