२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • ४०  करोडको आर्थिक कारोबार सहित  ...
समाचार

४०  करोडको आर्थिक कारोबार सहित   बुटवल औद्योगिक व्यापार मेला २०८१ सम्पन्न

४०  करोडको आर्थिक कारोबार सहित   बुटवल औद्योगिक व्यापार मेला २०८१ सम्पन्न

‘लगानी लुम्बिनीमा , समृद्धि देशमा’ भन्ने मुल नारा सहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहीँ पौष ३ गतेदेखि बुटवलमा आयोजना  गरेको  औद्योगिक व्यापार मेला २०८१  बिहिबार सम्पन्न  भएको छ   ।

शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  •  ‘लगानी लुम्बिनीमा , समृद्धि देशमा’ भन्ने मुल नारा सहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहीँ पौष ३ गतेदेखि बुटवलमा आयोजना  गरेको  औद्योगिक व्यापार मेला २०८१  बिहिबार सम्पन्न  भएको छ   ।

    पौष ३ गतेदेखि १८ गतेसम्म १६ दिन  सञ्चालन गरिएको औद्योगिक व्यापार  मेलामा ४ लाख भन्दा बढी दर्शकले अवलोकन गरेको र मेला भित्रका स्टलमा सरदर २५ करोड रुपैंया र बाहिर १५ करोड गरि अनुमानित ४० करोड  बराबरको आर्थिक  कारोवार भएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी गराए । मिडिया क्षेत्र लगाएत सबै तिरबाट राम्रो साथ र सहयोग प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्दै  अध्यक्ष अर्यालले  मेलाको सम्पुर्ण हिसाबकिताब  छिट्टै सार्वजनिक गर्ने बताए । मेलामा २२ हजार विद्यार्थी तथा ५२ सय जेष्ठ नागरिकहरु सहभागी भएको , २२० जना किसानहरुले माटो परिक्षण गराएको अध्यक्ष अर्यालले बताए । 

    मेलाको समापन कार्यक्रममा  प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै  पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले मुलुकको विकासको लागि औद्योगिक विकास र पलायन भईरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने गरी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरे । उनले युवा जनशक्तिको पलायनसंगै सीप र दक्षता पनि पलायन भईरहेको बताउँदै युवा जनशक्तिलाई रोक्न सकिएन भने देश पछाडी पर्ने भएकाले विदेशमा जस्तै काम गर्दै पढ्दै गर्ने वातावरण  निर्माण गर्नुपर्नेमा जोड दिए ।  बुटवल नारायणगढ सडक खण्डले सबैलाई सास्ती पुराएको बताउदै   ठुला परियोजना नेपाली ठेकेदारलाई नै दिनुपर्ने बिचार व्यक्त गरे । गौतम बुद्ध अन्तरास्ट्रिय विमानस्थल नियमितरूपमा संचालन गर्नुपर्नेमा जोड दिदै समग्र रुपन्देहीको विकासको लागि सबै राजनीतिक दलहरूलाई  एकजुट हुन आग्रह गरे ।

    उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलको औद्योगिक व्यापार मेला ऐतिहासिक मेला भएको बताए ।  यस्ता मेलाहरु बुटवलमा संचालन गरिरहनुपर्नेमा जोड दिदै बुटवल उपमहानगरपालिकाले विकास निर्माण तथा सामाजिक कामहरुलाई तीव्रता दिएको बताए ।

    बुटवलबाट राजधानी राखिएकोमा तीब्र असन्तुष्टि जनाउदै नगर प्रमुख पाण्डेले सबै मिलेर समृद्ध बुटवल बनाउन लाग्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij