बुटवल । लगानी लुम्बिनीमा ,समृद्धि देशमा भन्ने मुल नाराको साथ यहीँ पौष ३ गतेबाट बुटवल उद्योग वाणिज्य संघले संचालन गरेको औद्योगिक व्यापार मेला २०८१ भोलि एक कार्यक्रम विच समापन हुदै छ ।
देशमा देखिएको आर्थिक मन्दीको समयमा भएको मेलामा पनि यस अघिका मेलाहरु भन्दा बढी उत्साह जनक रुपमा सफल भएको छ । यस पटक धेरै व्यस्थित रुपमा संचालन भएको मेलामा संघले अनुमान गरेको भन्दा बढी सहभागी भएको र अपेक्षित कारोबार समेत भएको बुटवल उद्योग वाणिज्य संघले जनाएको छ ।
यस पटकको मेलामा सोचेभन्दा राम्रो कारोबार भएको सहभागी व्यवसायीहरुले समेत बताएका छन् । आज पनि चिसो मौसमको पर्वाह नगरी झन्डै ३० हजार सहभागी भएको र दुई करोड बराबरको अनुमानित कारोबार भएको प्रचारप्रसार संयोजक दिपक प्रसाद चपाईले बताएका छन् ।
भोलि दिउँसो ३ बजे समापन हुने कार्यक्रमको प्रमुख अतिथि पुर्ब गृहमन्त्री बालकृष्ण खाण रहने संघका अध्यक्ष हरि प्रसाद अर्यालले जानकारी गराए ।
मेलामा रहेका स्टलहरुमा साँझसम्म नै उपभोक्ताहरुको भिडभाड देखिएको थियोे भने राष्ट्रियस्तरका कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहेको थियो ।
