बुटवल । बुटवल उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेला २०८१ को अवसरमा ६० जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । उक्त व्यापार मेलामा जेष्ठ नागरिकहरुको लागि निशुल्क प्रवेशको व्यवस्था गरेको संघले आज मेला स्थल बुटवल मण्डपमा सम्मान गरेको हो ।
सम्मानित हुनेमा ७० बर्ष देखि ९० बर्षसम्मका साठी जना जेष्ठ नागरिक थिए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरि प्रसाद अर्यालले जेष्ठ नागरिकहरु सबैको सम्पत्ति भएको बताएका छन् । साथै उनलेे जेष्ठ सदस्यहरुको सम्मान तथा स्वास्थ उपचारमा राज्यले बिशेश ध्यान दिनुपर्ने बताए ।
सम्मान कार्यक्रम पछि अध्यक्ष अर्यालले सबै जेष्ठ नागरिकहरुलाई मेलाको अवलोकन समेत गराएका थिए ।
यसैबीच आज पनि मेलामा उल्लेख्य जनसहभागिता रहेको संघको सचिवालयले जनाएको छ ।
हिजोबाट चिसो बढेको बुटवलको मौसममा पनि अहिले त्यहाँको सांगीतिक माहोल भने तातेको छ । यही पौष ३ गतेबाट शुरुआत भएको मेला यहीँ पौष १८ गते समापन हुने छ ।
