बुटवल । लगानी लुम्बिनीमा , समृद्धि देशमा भन्ने मुल नाराको साथ बुटवल उद्योग वाणिज्य संघले यहीँ पौष ३ गतेदेखि आयोजना गरेको औद्योगिक व्यापार मेला २०८१ को तेह्रौ दिनसम्म आइपुग्दा मेला अवलोकनकर्ताहरुको संख्या बढीरहेको छ । बुटवल उद्योग वाणिज्य संघले आज मात्र झण्डै पचास हजारले मेला अवलोकन गरेको र झण्डै तीन करोडको आर्थिक कारोबार भएको जनाएको छ ।
सोमबारको मेलामा पुर्ब गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाण , बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे , रुपन्देही व्यापार संघ , उद्योग व्यापार संगठन , दाङ उद्योग वाणिज्य संघ लगाएतका संघ संस्थाहरुका प्रतिनिधिहरुले समेत उक्त मेलाको अवलोकन गरेका थिए ।
राष्ट्रिय स्तरमै बुटवलमा हुने मेलाले छुट्टै पहिचान बनाएको छ भने यस पटक ५०० भन्दा बढी राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका उद्योगहरुले स्टल राखि आफ्नो उत्पादन बिक्री गरिरहेका छन् । उक्त मेलामा कृषि क्षेत्रलाई समेत प्रार्थमिकता दिइएको छ ।
अरु दिन भन्दा पौष १५ तथा ल्होसार पर्व समेत भएको कारण मेलामा अझ बढी भिडभाड देखिएको थियोे । सबै स्टलहरु तथा होटल रेष्टुरेन्टहरुमा समेत भिडभाड थियोे ।
आयोजना संस्था बुटवल उद्योग वाणिज्य संघका पदाधिकारी , सदस्यहरु तथा स्यंमसेवकहरु बिहानैदेखि व्यवस्थापनमा खटेका थिए । मेला स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियोे भने गाडी तथा मोटरसाइकलहरु पार्किङ समेत व्यवस्थित बनाइएको थियोे ।
सोमबारको साँस्कृतिक कार्यक्रम अन्तरगत खेम सेनचुरी ,दिपक गरौजा ,सीता राना , शान्ता रानी परियार ,मोहन खड्का , प्रेम बिश्वकर्मा लगाएतका चर्चित कलाकारहरुको प्रस्तुति रहेको थियोे ।
