२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
समाचार

बुटवलमा बढ्यो चिसो

बुटवलमा बढ्यो चिसो

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • बुटवल । आजबाट बुटवल लगाएत रुपन्देही जिल्लामा एक्कासी चिसो बढेको छ । हिजोसम्म सामान्यतः न्यानो रहेको मौसम आज बिहानैदेखि चिसो बढेको हो । विगतका बर्षहरुमा पौषको शुरुआतबाट नै मौसम चिसो हुने र शितलहर समेत चल्ने गरेकोमा यस बर्ष पौष १५ गतेबाट मात्र चिसो बढेको छ ।

    आज बिहानैदेखि बुटवल लगाएत रुपन्देही जिल्लाका प्रायः सबै क्षेत्रमा चिसो मौसमको साथै शितलहर समेत चलिरहेको छ । अहिले चलेको शितलहरले आलु लगाएत अन्य बालीहरुलाई समेत असर गर्ने किसानहरुले बताएका छन् । मौसमविद्हरुले हल्ला पानी समेत पर्ने संभावना रहेको बताएका छन् । 
    अबको केही हप्ता यस्तै जाडो बढ्ने तथा शितलहर चल्ने संभावना छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij