२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • बुटवलको औद्योगिक मेलामा जनसागर उर्लियो ,...
समाचार

बुटवलको औद्योगिक मेलामा जनसागर उर्लियो , शनिबार मात्र पचास हजारले गरे अवलोकन

बुटवलको औद्योगिक मेलामा जनसागर उर्लियो , शनिबार मात्र पचास हजारले गरे अवलोकन

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • बुटवल । "लगानी लुम्बिनीमा , समृद्धि देशमा" भन्ने मुल नाराको साथ बुटवल  उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार मेला २०८१ अहिलेसम्मकै उत्कृष्ट मेलाको रुपमा सफलता नजिक पुगेको छ ।

    आज शनिवार मात्र  उक्त  मेलमा मानवसागर नै उर्लिएको छ । यहीँ पौष ३ गतेदेखि बुटवल मण्डपमा शुरुआत भएको मेला आज एघारौं दिनसम्म आइपुग्दा संघले अपेक्षा गरे अनुसारको सफल मेलाको रुपमा अगाडि बढीरहेको छ ।

    आज शनिबार मात्र पनि हजारौं नागरिकहरुले उक्त मेला अवलोकन गरेका छन् । संघका महासचिव तथा मेलाका प्रबक्ता मुक्ति प्रसाद अधिकारीले शनिबार मात्र ४५ हजार भन्दा बढीले मेला अवलोकन गरेको र झन्डै ३ करोड भन्दा बढीको आर्थिक कारोबार भएको बताउनु भयो ।
    आज मेला परिसरको दृश्य अरु दिन भन्दा फरक थियोे । हजारौंको संख्यामा रहेका अवलोकनकर्ताहरुको बुटवल मण्डप भरिएको थियोे । कुनै पनि खाली ठाउँ पाउन मुस्किल थियोे भने सहजरूपमा हिड्न सक्ने अवस्था समेत थिएन । सँगै हिडेका साथीहरू समेत एक पटक छुट्टिएपछि फेरि भेट्ने संभावना नै थिएन ।

    कार्यक्रमको मुख्य माग मञ्च वरिपरि उभिने ठाउँ पाउन समेत कठिन थियोे भने बाल उधान , फिस टनेल लगाएतमा टिकट पाउन नै निकै मुस्किल देखिन्थ्यो । होटल रेष्टुरेन्ट तथा सबै स्टलहरुमा समेत सामान खरिद गर्नेहरुको उत्तिकै भिडभाड थियोे ।

    बुटवलको मेलाले देशका अरु स्थान भन्दा छुट्टै पहिचान त यस अघिनै बनाइसकेको थियोे भने अहिले व्यवस्थापन पक्ष सबैभन्दा राम्रो देखियो । हजारौंको संख्यामा रहेका मोटरसाइकल तथा गाडीहरुलाई समेत व्यस्थित रुपमा पार्किङको व्यवस्था मिलाइएको थियोे भने संस्थाका पदाधिकारी तथा सदस्यहरु निरन्तररुपमा काममा खटिरहेका थिए । मेलामा एकजना महिलाको सिक्री हराएकोमा समेत तत्काल भेटेर फिर्ता गरिएको संचार विभाग प्रमुख दिपक चापागाईंले बताउनु भयो ।
    स्देशी उत्पादनलाई महत्त्व दिइएको यस मेलामा कृषि क्षेत्रलाई समेत प्रार्थमिकता दिइएको छ । बुटवल उद्योग वाणिज्य संघले दिएको जानकारी अनुसार यही पौष १८ गतेसम्म यो मेला संचालन हुने छ ।

    बुटवलको औद्योगिक मेलामा विभिन्न प्रतियोगिताहरु तथा साँस्कृतिक कार्यक्रम अर्को आकर्षकको केन्द्र बनेको छ । दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतिले सबैलाई भरपुर मनोरञ्जन प्रदान गरेको छ । यसैगरी आज लोक दोहोरी गायिका शान्तिश्री परियारले दमदार प्रस्तुति दिइन् । रातिसम्म पनि मेलामा सहभागी उनै गायिका परियारलाई नाचेर साथ दिइरहेका थिए ।

    यसैबीच शनिवार नै लुम्बिनी अटोमोवाईल व्यवसायी संघ तथा कपिलवस्तु उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले समेत उक्त मेलाको अवलोकन गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij