२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समिति...
समाचार

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समिति द्वारा "त्रिपिण्डी श्राद्ध एवम् वास्तु बिषयक गोष्ठी" आयोजना

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समिति द्वारा "त्रिपिण्डी श्राद्ध एवम् वास्तु बिषयक गोष्ठी" आयोजना

शनिवार, पौष १३ २०८१
शनिवार, पौष १३ २०८१
  • बुटवल उपमहानगरपालिका –१२ नयाँगाउँमा दुई दिवसीय  त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी शुक्रबारदेखि शुभारम्भ भएको छ । पछिल्लो समय विभिन्न कर्मकाण्ड तथा पुजा विधिहरुमा एकरुपता नदेखिएको कारण हाम्रो धर्मशास्त्र तथा शास्त्रीय मान्यता अनुसार मात्र गराउने उदेश्यले विभिन्न शास्त्रका ज्ञाताहरुको बिच अन्तरक्रिया गर्ने उदेश्यले उक्त गोष्ठी आयोजना गरिएको हो ।
    उक्त बिचार गोष्ठीमा   प्रमुख अतिथिको रुपमा बोल्दै मुक्तिनाथ धामका प्रमुख संरक्षक १००८ स्वामी लोकानन्दजी महाराजले ज्योतिष शास्त्रले ब्रह्माण्डको नियमलाई पत्ता लगाई ग्रह तथा गोचरहरुको  प्रभाव प्राणीजातिमा कसरी पर्दछ भन्ने बैज्ञानिक आधार प्रस्तुत गरेको बताउनु भयो । 

    प्रमुख अतिथि महाराजले  मानिस सफल हुनका लागि  सत्कर्मको मार्ग अवलम्बन गर्नुपर्ने भन्दै  पूर्वीय दर्शन र हिन्दु परम्परा संसारकै उत्कृष्ट रहेको बताउनु भयो ।  सबै कर्महरु धर्मशास्त्र अनुसार गर्नुपर्नेमा जोड दिदै हामीले धर्मको रक्षा गर्नुपर्ने र धर्मले प्राणीहरुको रक्षा गर्ने उहाँको भनाइ थियो ।

     यसैगरी कार्यक्रमका बिशिस्ट अतिथि  बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले हिन्दु धर्मदर्शन आध्यात्मिक र बैज्ञानिक भएकाले यसलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिनु भयो ।
     त्यस्तैगरी नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले  हिन्दु धर्म र संस्कृति नैतिक आचरणयुक्त संस्कारबाट अगाडि बढेको बताउनु भयो ।


    उक्त कार्यक्रममा प्रा.डा. बाबुराम ज्ञवालीले ज्योतिष तथा हिन्दु धर्म शास्त्रमा बैज्ञानिक दृष्टिकोण र व्यवहार मुखरित रहेको बताउनु भयो 
    ।  यसैगरी गीता प्रचारप्रसारका अभियान्ता चुरामणि पाण्डेले गीताका वाणी र शब्दले विश्वलाई मार्गदर्शन गरेको बताउदै धर्म संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नु भयो ।

     विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ज्योतिष जनार्दन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपमहासचिव चिरन्जीवी पौडेल र कार्यक्रमको उद्देश्यबारे सदस्य खेमराज भण्डारीले प्रकाश पार्नु भएको थियोे ।

    उक्त गोष्ठीमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका धर्मशास्त्र प्रमुख प्रा.डा. देवमणि भट्टराईले त्रिपिण्डी श्राद्धको औचित्य र विधि विधान, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक दिनानाथ पण्डितले  जन्मकुण्डलीमा पितृदोष, समस्या र समाधानबारे कार्यपत्र समेत  प्रस्तुत गर्नुभएको थियोे ।


    नेपाल ज्योतिष परिषद्का उपाध्यक्ष सुन्दर भण्डारी, विश्व पञ्चाङ्ग निर्णायक संघका उपाध्यक्ष ज्योतिष ज्ञानप्रसाद भण्डारी, गोरक्ष एवम् धार्मिक अभियान्ता पुरुषोत्तम पाण्डेलगायतले मन्तव्य दिदै आध्यात्मिक  चिन्तन र धार्मिक अनुष्ठानका रुपमा आयोजित यो  गोष्ठी निकै फलदायी हुने बताउनु भयो ।    पुस १३ गते सम्म चल्ने उक्त गोष्ठीको दोस्रो दिन ज्योतिषशास्त्रमा वास्तु विज्ञानको वैज्ञानिक महत्वबारे प्रकाश पारिनेछ । 

    उक्त गोष्ठीमा लुम्बिनी प्रदेश लगाएत विभिन्न जिल्लाबाट झण्डै ३५० जनाको सहभागीता रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij