२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • नेकपा रुपन्देही द्वारा १३२ औं माओ...
समाचार

नेकपा रुपन्देही द्वारा १३२ औं माओ दिवस बुटवलमा मनाइयो

नेकपा रुपन्देही द्वारा १३२ औं माओ दिवस बुटवलमा मनाइयो

बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले माओको १३२ औं  जन्म दिवसको  स्मरणमा बुटवलमा कार्यक्रम सम्पन्न गरेको छ । 
    नेकपा पोलिटब्युरो सदस्य बसन्त सीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बसन्त सीले माओबाट सबै विश्वभरका कम्युनिस्टहरुले शिक्षा लिनुपर्ने बताउनु भयो ।
    अहिले पनि माओको विचारलाई आत्मसात गरेर हिड्न आवश्यक रहेको बताउनु हुदै सबै कम्युनिस्टहरुले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनु भयो । कतिपय कम्युनिस्ट पार्टीहरुले माओको विचारलाई आत्मसात गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै नेपाली बिशेषता अनुसारको आर्थिक ,सामाजिक , साँस्कृतिक लगाएत समग्र रुपान्तरणको प्रक्रियामा अगाडि बढ्नु नै वास्तविक रुपमा माओ प्रति संमान हुने बताउनु भयो । 

    पार्टीका केन्द्रीय सदस्य शरद सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा रुपन्देहीका  सल्लाहकार ज्योतिलाल सी , जया सी लगाएतले विश्व कम्युनिस्ट आन्दोलनमा माओको योगदानको बारे चर्चा गर्नु भएको थियोे । उक्त कार्यक्रमको संचालन रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले गर्नु भएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij