२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
औद्योगिक व्यापार मेला

बुटवल मेलाको कृषि स्टलमा दर्शकको आकर्षण

बुटवल मेलाको कृषि स्टलमा दर्शकको आकर्षण

उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला बुटवलमा जारी छ । प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने मेलामा किसान चौतारीको पनि व्यवस्था गरिएको छ ।

मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • बुटवल \ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला बुटवलमा जारी छ । प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने मेलामा किसान चौतारीको पनि व्यवस्था गरिएको छ । जहाँ किसानले आफुलाई लागेको जिज्ञासको समाधान विज्ञ मार्फत गर्न पाउने व्यवस्था छ । मेलाको कृषि स्टलमा दर्शकको आकर्षण बढेको छ । 

    मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता, व्यटि फियर, टिकटक लगायतका प्रतियोगिता गरिने छ ।

    त्यसैगरी ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचारप्रसाद उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराउनु भयो । मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैया टिकट शुल्क निर्धारण गरिएको छ । त्यस्तै जेष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिका लागि निःशुल्क टिकटको व्यवस्था मिलाईएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij