२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
श्रद्धाञ्जली कार्यक्रम

नेकपा सैनामैनाद्धारा दिवंगत भुड्की सीप्रति श्रद्धाञ्जली

नेकपा सैनामैनाद्धारा दिवंगत भुड्की सीप्रति श्रद्धाञ्जली

नेकपा सैनामैनाले नगर सदस्य भुड्की सीप्रति श्रद्धाञ्जली कार्यक्रम गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि उहाँप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको हो ।

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • बुटवल । नेकपा सैनामैनाले नगर सदस्य भुड्की सीप्रति श्रद्धाञ्जली कार्यक्रम गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि उहाँप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको हो । 

    कार्यक्रममा बोल्दै नेकपा पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज बसन्त सीले उहाँ पार्टीको इमान्दार कार्यकर्ता भएको भन्दै उहाँको योगदानलाई पार्टीले सदैव स्मरण गर्ने बताउनुभयो । उहाँले मृत्यु संस्कारलाई पार्टीले नयाँ सी संस्कृतिमा बदलेको बताउदै त्यसलाई सबैले अबलम्बन गर्नुपर्ने बताउनुभयो । सैनामैना नगर इन्चार्ज तेजेन्द्र सीले दिवंगत भुड्की सी नगर क्षेत्रको पार्टी निर्माणमा महत्वपूर्ण योगदान गरेको बताउनुभया । 

    कार्यक्रममा केन्द्रीय सदस्य विश्वास सी, गुल्मी इन्चार्ज खोमा सी, केन्द्रीय प्रतिनिधि सदस्य श्याम सी, जिल्ला सेक्रेटरी विरेन्द्र सीलगायत जिल्लाका नेता कार्यकर्ता र स्थानीयको सहमागिता समेत रहेको थियो । उक्त अवसरमा पार्टीले अक्षयकोषका लागि आर्थिक सहयोग समेत गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij