२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • सहकारी ठगमा रवि पत्नी निकितालाई...
सहकारी ठग प्रकरण

सहकारी ठगमा रवि पत्नी निकितालाई पनि मुद्दा

सहकारी ठगमा रवि पत्नी निकितालाई पनि मुद्दा

सूर्यदर्शन बचत तथा ऋण सहकारीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ।

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • पोखरा – सूर्यदर्शन बचत तथा ऋण सहकारीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ।

    आइतबार दायर भएको अभियोगमा निकितालाई जफत प्रायोजनार्थ प्रतिवादी बनाइएको हो।

    जफत प्रयोजनार्थ पौडेलसहित पद्मा बन्जाडे जोशी, रोचक जोशी, राधा पछाई र गीता पछाईंलाई प्रतिवादी बनाइएको छ। आठ कम्पनीलाई पनि जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वगृहमन्त्री लामिछानेले २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ। तसर्थ निकितालाई पनि प्रतिवादी बनाइएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij