२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • रवि लामिछाने सांसदबाट स्वतः निलम्बन, झण्डै...
सहकारी प्रकरण

रवि लामिछाने सांसदबाट स्वतः निलम्बन, झण्डै २८ करोड बिगो दावी

रवि लामिछाने सांसदबाट स्वतः निलम्बन, झण्डै २८ करोड बिगो दावी

राष्ट्रिय स्वतःन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वतः निलम्बनमा परेको छ।

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • राष्ट्रिय स्वतःन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वतः निलम्बनमा परेको छ।

    लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ।

    सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ।

    त्यसमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ।’

    संघीय संसद सचिवालयका एक उच्चपदस्थ अधिकारीले पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बनमा पर्ने बताए। ‘पत्र आएपछि उहाँको सांसद पद निलम्बनमा पर्छ,’ उनले भने।

    लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको जिल्ला अदालत कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले सेतोपाटीलाई बताइन्।

    ‘सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ अनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुन्छ,’ उनले भनिन्, ‘यो कुरा अभियोग पत्रमा उल्लेख गरिराख्नु पर्दैन। कानुनअनुसार सम्बन्धित निकायलाई पत्राचार गर्छौं।’

     

    सरकारी वकिल कार्यालयले रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गरेको छ।

    लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ।

    गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार अदालतमा मुद्दा दर्ता भएको हो।

    भ्रष्टाचार निवारण ऐन, २०५९ मा राष्ट्रसेवकको व्याख्या गरिएको छ। त्यसमा राष्ट्रपति, नेपाल सरकार वा सार्वजनिक संस्था समक्ष लिएको शपथबाट वा नेपाल सरकार वा सार्वजनिक सस्थासँग गरेको सम्झौता वा कबुलियत वा शर्त बमोजिम वा सार्वजनिक पालना गर्नको लागि सरकार वा संस्थाबाट तलब, भत्ता, पारिश्रमिक, सुविधा हैसियत वा अन्य कुनै लाभ पाउने वा नपाउने गरी नियुक्त, मनोनीत वा निर्वाचित व्यक्ति मानिएको छ।

    लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम भएको छ।

    आइतबार अदालतमा तीनवटा कसुरमा एकसाथ अभियोग पत्र दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन्। 

    सम्पत्ति शुद्धीकरणको कसुरमा दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका चार जनाविरुद्ध अभियोग लगाइएको छ। जसमा रवि लामिछानेसँग २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो भराउन माग गरिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij