२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • सहकारी प्रकरण : दीपेश पुनमाथि २...
सहकारी प्रकरण

सहकारी प्रकरण : दीपेश पुनमाथि २ करोड १४ लाख बिगो दाबी

सहकारी प्रकरण : दीपेश पुनमाथि २ करोड १४ लाख बिगो दाबी

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ ।

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ ।

    आइतबार जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा पुनलाई पनि प्रतिवादी बनाइएको हो । उनले सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिने गरेको जिल्ला वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ ।

    साथै, श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकुल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारील वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij