२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
बुटवल औद्योगिक व्यापार मेला

बुटवल औद्योगिक व्यापार मेलामा दर्शकको घुइँचो

बुटवल औद्योगिक व्यापार मेलामा दर्शकको घुइँचो

लगानी लुम्बिनीमा समृद्धि देशमा भन्ने मुल नाराको साथ संचालन भइरहेको बुटवल औद्योगिक व्यापार मेलामा चौथो दिनसम्म आइपुग्दा दर्शक तथा अवलोकनकर्ताहरुको संख्या बढेको छ ।

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • बुटवल । लगानी लुम्बिनीमा समृद्धि देशमा भन्ने मुल नाराको साथ संचालन भइरहेको बुटवल औद्योगिक व्यापार मेलामा चौथो दिनसम्म आइपुग्दा दर्शक तथा अवलोकनकर्ताहरुको संख्या बढेको छ । चौथो दिन ३५ हजार भन्दा बढीबाट अवलोकन , १२ लाखौंको टिकट बिक्री तथा १ करोड ५० लाख भन्दा बढीको आर्थिक कारोबार भएको बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति प्रसाद अधिकारले बताउनु भएको छ ।

    बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त व्यापार मेला यस अघिका मेलाहरु भन्दा फरक र आकर्षकरुपमा अगाडि बढी रहेको छ । यस पटकको मेला थप व्यस्थित समेत देखिएको छ भने मेलामा आउने जाने बाटो समेत फराकिलो पारिएको छ । उक्त मेलामा औद्योगिक प्रदर्शनी , ब्युटी सो , टिकटको आधारमा नेपाल टेलिकमको निशुल्क सिम वितरण , धुलो रहित स्टेज ,टिकटक , लोक दोहोरी , भजन ,तथा नित्य प्रतियोगिताहरु संचालन भइरहेका छ भने कृषि प्याभिलियन , टनेल एक्युरिम ,जितगढी किल्ला झल्कने स्टेज थप आकर्षकको केन्द्र बनेका छन् ।

    विभिन्न ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिरहेको छन्। कृषि अन्तरगत विभिन्न स्थानीय उत्पादनहरु प्रबर्द्धन गरिएको छ भने खुदो , मह , कुराउनी तथा अर्गानिक उत्पादनहरुमा उपभोक्ताहरुको रोजाइमा परेका छन् । यसैगरी औद्योगिक उत्पादन अन्तरगत रहेका उद्योगहरुले समेत उपभोक्ताहरुलाई आकर्षित गर्न विभिन्न स्किमहरु समेत प्रदान गरेका छन् । यही पौष ३ गतेदेखि शुरु भएको उक्त मेला १८ गतेसम्म संचालन हुने छ ।

    उक्त मेलामा टिकटको शुल्क ७० राखिएको छ भने विद्यार्थीहरुको लागि रु ५० र जेष्ठ नागरिकहरुको लागि निशुल्क दिकटको व्यवस्था गरिएको छ । उक्त टिकटको शुल्क मध्य केही रकम गौशालाको लागि छुट्टयाइएको अध्यक्ष हरि प्रसाद अर्यालले बताउनु भयो । अध्यक्ष अर्यालले बुटवल मेलाले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा समेत ठुलो योगदान पुराउने विश्वास व्यक्त गर्नु भयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij