२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • केन्द्रीय कार्यालयमा माछापोखरी र पर्खाल निर्माणका...
नेकपाको जनश्रम

केन्द्रीय कार्यालयमा माछापोखरी र पर्खाल निर्माणका लागि श्रमदान

केन्द्रीय कार्यालयमा माछापोखरी र पर्खाल निर्माणका लागि श्रमदान

नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरूले झण्डै तीन घण्टा श्रमदान गरेका छन् । केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरू तीन वटा समूहमा विभाजित भएर तीन फरक फरक क्षेत्रमा श्रमदान गरेका हुन् ।

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरूले झण्डै तीन घण्टा श्रमदान गरेका छन् । केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरू तीन वटा समूहमा विभाजित भएर तीन फरक फरक क्षेत्रमा श्रमदान गरेका हुन् ।

    नेकपा महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सीसहित, स्थायी समिति सदस्य भरत सी, शिलु सीसहित केन्द्रीय प्रतिनिधि सदस्यले पाेखरी सफा गर्ने, पर्खाल लगाउने र ढुङ्गा बाेक्ने काम गरेका छन् ।

    महासचिव विप्लवकाे नेतृत्वमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश (उपत्यका बाहेक) काे समूहले केन्द्रीय कार्यालय परिसरभित्र रहेकाे स्वीमिङ पुल (पौडी पाेखरी) वाल लगाएर घेरवार गरेकाे छ ।

    स्थायी समिति सदस्य शीलु सीकाे नेतृत्वमा रहेकाे लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस र उपत्यका प्रदेशकाे समूहले माछापाेखरी सरसफाई गरेकाे छ भने पाेलिटव्युराे सदस्य कृति सी नेतृत्वको किंरात लिम्बुवान प्रदेशले ढुङ्गा बाेकेर श्रमदान गरेकाे छ ।

    केन्द्रीय प्रतिनिधि समितिकाे छैठौं पूर्ण बैठकका एजेण्डा अन्तरगत श्रम गरिएकाे नेपालका प्रवक्ता प्रकाण्ड सीले बताए । जनता दु:खमा रहेकाे र जनताका दुखकाे अन्त्यका लागि आफ्नाे पार्टीले श्रम संस्कृतिकाे विकास गरेकाे भन्दै त्यसकाे कार्यान्वयनका लागि बैठककाे एजेण्डामै श्रम राखिएकाे बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij