२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
कृषि उत्पादन

नेकपा चितवनले बेच्यो १० लाखको धान

नेकपा चितवनले बेच्यो १० लाखको धान

नेपाल कम्युनिस्ट पार्टीको चितवन माडीस्थित केन्द्रीय उत्पादन विभागले १० लाख रुपैयाँ बराबरको धान विक्री गरेको छ । धान विक्रिबाट विभागले ७ लाख नाफा कमाएको नेकपाले जनाएको छ ।

शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • नेपाल कम्युनिस्ट पार्टीको चितवन माडीस्थित केन्द्रीय उत्पादन विभागले १० लाख रुपैयाँ बराबरको धान विक्री गरेको छ । धान विक्रिबाट विभागले ७ लाख नाफा कमाएको नेकपाले जनाएको छ ।

    विप्लव नेतृत्वको नेकपाले संचालन गरेको उत्पादन केन्द्रले १ लाखको महसमेत विक्री गरेको छ । जसबाट ५० हजार रुपैयाँ नाफा भएको उत्पादन केन्द्रका प्रमुख तथा पार्टी पोलिटब्युरो सदस्य सन्देश सीले बताए ।

    सो केन्द्रबाट २ क्विटल ४० कि.लो. मह उत्पादन भैसकेको विद्यार्थी नेता अटल सीले जानकारी दिए । जहाँ २५ वटा बाख्रा पनि पालिएको छ भने ३ वटा टनेलमा गोलभेडासमेत रोपिएको छ । ४ वटा पोखरीमा मत्स्य पालन गरिरहेको उत्पादन केन्द्रले यसपटकको आलु खेतीबाट १५ लाख मुनाफा गर्ने उत्पादन केन्द्रकाे लक्ष्य रहेको छ ।

    साथै, माडीका कृषि मजदुरलाई पारिश्रमिक स्वरुप ८ लाख ४७ हजार वितरण गरिएकोले उत्पादन केन्द्र रोजगारी प्रदायकसमेत बन्न पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij