२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाचार

बुटवलको औधोगिक व्यापार मेला आजबाट शुरु

बुटवलको औधोगिक व्यापार मेला आजबाट शुरु

बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  •  बुटवल ।  बुटवलको छुट्टै पहिचान बनाउन सफल औद्योगिक व्यापार मेला  आजबाट बुटवल मण्डपमा शुरुआत भएको छ ।

    लगानी लुम्बिनीमा ,समृद्धि देशमा भन्ने नाराको साथ सम्पन्न हुन गइरहेको उक्त मेलाको एक समारोहका बिच नेपाल सरकारका उर्जा , जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले उद्वाटन गरेका हुन । 
    उक्त उद्वाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले अहिलेको सरकार अर्को चुनावसम्म रहने दाबी गरे । विशेष परिस्थितिका कारण दुई दल मिल्नु परेको बताउदै बिगतका जनआन्दोलनका बेला समेत दुई दल मिलेर अगाडि बढेको स्पष्ट पारे । अधिकांस समय सरकारको बचाउमा खर्च गरेका मन्त्री खड्काले सरकार निजि क्षेत्रको साथमा रहेको बताए । नेपाल वैद्युत प्राधिकरणले १० बर्षसम्म पैसा नउठाएर अहिले समस्य खडा गरेको बताउदै मन्त्री खड्काले उद्योगीहरुको लाइन काटेको प्रति आक्रोश व्यक्त गरे ।  व्यवसायीहरुलाई समेत आफुले प्रयोग गरेको बिजुलीको पैसा भुक्तानी गर्न आग्रह गर्दै छानबिन समिति समेत बनाएको बताए ।
    आजबाट शुरुआत भएको मेला पौष १८ गतेसम्म संचालन हुने बुटवल उद्योग वाणिज्य संघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij