२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • बुटवलमा बलेरो गाडी दुर्घटना हुदा तीनजनाको...
समाचार

बुटवलमा बलेरो गाडी दुर्घटना हुदा तीनजनाको निधन

बुटवलमा बलेरो गाडी दुर्घटना हुदा तीनजनाको निधन

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  •  हिजो राति १२ बजे पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा  तीनजनाको मृत्यु भएको छ । 

    शुक्रबार  राति १२ बजे बुटवल १२  नयाँ गाउँ  ढवाहबाट उपचारका लागि बिरामी लिएर बुटवल आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जीप दुर्घटना भएको हो ।

    उक्त दुर्घटनामा परि बुटवल  १२ नयाँगाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल  र जीपचालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो।

    गौरी खनाललाई एक्कासि दम बढेपछि उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जीप पुलको डिभाइडरमा ठोक्किएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

    उक्त स्थानमा यस अघि पनि पटकपटक गाडीहरु दुर्घटना परिरहेका छन् । तीब्र गतिको कारण दुर्घटना भइरहेको स्थानीय बासीहरुको भनाइ रहेको छ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij