बुटवल । नेकपाका नेताकार्यकर्ता एउटै पोशाकमा देखिएका छन् । पार्टी पोलिटब्युरो बैठकमा नेताहरू एउटै पोशाक लगाएर उपस्थित भएका हुन् ।
नेताकार्यकर्ताले लगाएको उक्त पोशाक नेकपाको आफ्नै उत्पादन हो । नेकपाले विभिन्न स्थानहरूमा गार्मेन्ट संचालन गरिरहेको छ ।
नेकपाको स्थायी समितिको बैठक सकेर अहिले पोलिटब्युरो समितिको बैठक बसेको छ ।
आजदेखि केन्द्रीय समितिको बैठक बस्ने तयारी गरेको छ । ६ महिनाको आवधिक योजना सम्पन्न भएपछि नयाँ योजनाका लागि केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
