बुटवल । लगानी लुम्बिनीमा ,समृद्धि देशमा भन्ने नाराको साथको यहीँ पौष ३ गतेदेखि १८ गतेसम्म बुटवलमा संचालन हुने औद्योगिक व्यापार मेला सबैको साझा मेला भएको मुख्य आयोजक संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले बताएका छन् ।
रुपन्देहीमा रहेका विभिन्न संघ संस्थाका विच भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अर्यालले उक्त कुरा बताएका हुन ।
यो मेला आयोजक एउटा संस्थाको मात्रै नभएर सबै संघसंस्थाको साझा मेला भएको कारण यसलाई सफल पार्न सबै संघ संस्थाको सकारात्मक सहयोगको अपेक्षा गरेको छु अध्यक्ष अर्यालले भने।
यस अघिको मेला भन्दा यो पटक फरक र सहज तरिकाबाट मेला संचालनको तयारी भइरहेको समेत अध्यक्ष अर्यालले बताए ।
उक्त कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, त्यसैगरी रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उद्योग व्यापार संगठन बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डे, पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष दधि खरेल , रुपन्देही डेरी व्यवसायी समिति अध्यक्ष रामकृष्ण शर्मा ,खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष महेन्द्र प्रसाद पोखरेल , होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी ,होटल तथा पर्यटन व्यवसायी माधव नेपाल , उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल ,मानवअधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष कृष्ण भट्टराइ , पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल , मिडिया कर्मी धुर्ब लामिछाने ,कृष्ण बेल्बासे, लगायतले बाेल्दै मेलालाई सफल पार्न आफ्नो संस्थाको तर्फबाट सबै प्रकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
मेला कार्यसम्पादन समितिका सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले झन्डै ४५० भन्दा बढी स्टलहरु बुकिङ हुने जानकारी गराए ।
