२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
समाचार

गौसेवामा लाग्न उपप्रमुख अर्यालको आग्रह

गौसेवामा लाग्न उपप्रमुख अर्यालको आग्रह

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • बुटवल । बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले सबै बुटवल बासीहरुलाई बुटवलमा रहेको नन्दनी गौशालालाई सहयोग गर्न आग्रह गरेकी छन् । 
    खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अठारौं स्थापना दिवसको अवसरमा गौआहार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अर्यालले उक्त आग्रह गरेकी हुन । 
    बुटवलको नन्दनी गौशालाबाट गाई गोरुहरु हराएको भन्ने हल्ला चलेकोमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै कुनै गुनासा तथा सुझावहरु भए नगरपालिका कार्यालयमा आएर जानकारी गराउन आग्रह गरिन ।  
    बुटवलको नन्दनी  गौशालालाई थप व्यवस्थित  तथा तिनाउ नदी किनारमा आरती केन्द्र स्थापना गरेर धार्मिक पर्यटन केन्द्रको रुपमा बुटवललाई अगाडि बढाउने बुटवल उपमहानगरपालिकाको योजना रहेको समेत उपप्रमुख अर्यालले बताइन् ।

    यसैगरी रुपन्देही डेरी व्यवसायी समिति अध्यक्ष रामकृष्ण शर्माले बुटवलमा जस्तै रुपन्देहीका अन्य पालिकाहरुले समेत  सडकका छाडा गाई गोरुहरुको  व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।  आफुहरुले   निरन्तर  नन्दनी गौशालाको लागि सहयोगको अभियान संचालन गरिरहेको बताउँदै अध्यक्ष शर्माले गौ संरक्षण अभियान नेपाल संस्था नै स्थापना गर्ने तयारीमा रहेको बताए ।
    उक्त कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका निवर्तमान सभापति कृष्णप्रसाद भट्टराई , संस्थाका सल्लाहकार कृष्ण पाण्डे , बरिस्ठ उपाध्यक्ष ज्ञान प्रसाद न्यौपाने , निवर्तमान अध्यक्ष मोहन बस्याल , पुर्ब अध्यक्षहरु  कमला गौतम , ज्ञान प्रसाद न्यौपाने , टिकाराम गैरे लगाएतले संस्थाको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए । 
    उक्त कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष टिकाराम गैरेलाई संमान समेत गरिएको थियो । 
    संस्थाका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलको अध्यक्ष्ातामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव दधिराम ज्ञवालीले गरेका थिए ।

    उक्त स्थापना दिवसको अवसरमा गाईहरुको लागि साइलेज , दाना ,भेली सहयोग प्रदान गरिएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij