२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • लुम्बिनी विशिष्टिकृत सहकारी तथा रुपन्देही  डेरी...
समाचार

लुम्बिनी विशिष्टिकृत सहकारी तथा रुपन्देही  डेरी व्यवसायी समिति विच अन्तरक्रिया सम्पन्न

लुम्बिनी विशिष्टिकृत सहकारी तथा रुपन्देही  डेरी व्यवसायी समिति विच अन्तरक्रिया सम्पन्न

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • बुटवल ।  लुम्बिनी विशिष्टिकृत सहकारी संस्था र रुपन्देही डेरी व्यवसायी समिति विच अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
    दुग्ध पदार्थहरुको उत्पादन गर्ने उदेश्यले लुम्बिनी प्रदेशमा नै पहिलो पटक स्थापना भएको सहकारी संस्थाले दुग्ध पदार्थहरुको उत्पादन गर्न शुरुआत गरेको छ ।
    आज आयोजित अन्तरक्रिया कार्यक्रममा लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेडकी कार्यबाहक अध्यक्ष ज्ञानु पौडेलले ठुलो चुनौतीको विच संस्थाले दुग्ध पदार्थहरुको उत्पादन गर्न सफल भएको बताउनु भयो ।

    कोभिड लगाएत आवश्यक पुजीको अभावले केही ढिलाइ भएको स्वीकार गर्दै अध्यक्ष पौडेलले यो संस्थाले उत्पादन शुरुआत गरेपछि लुम्बिनी प्रदेशका किसानहरुले उत्पादन गरेको दुधको बजार अभाव हुन नदिने बताउनु भयो ।
    यसको उत्पादन सँगसँगै बजार व्यवस्थापन समेत चुनौतीपूर्ण रहेको बताउदै रुपन्देही डेरी व्यवसायी समितिबाट सहयोगको अपेक्षा व्यक्त गर्नु भयो । 
    यसैगरी रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष रामकृष्ण शर्माले विशिष्टिकृत सहकारी सबैको साझा संस्था भएको हुनाले रुपन्देही डेरी व्यवसायी समिति सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
    यो संस्था लुम्बिनी प्रदेशका किसानहरु संग समेत जोडिएको तथा प्रदेशकै गौरवको आयोजना भएको हुनाले यसलाई जोगाउनु सबैको दायित्व  भएको बताउनु भयो । संस्थाले गुणस्तरीय बस्तु उत्पादन गरेमा  बजार तथा उपभोक्ताहरु सँग पुराउने जिम्मेवारी    रुपन्देही डेरी व्यवसायी समितिले पुरा गर्न तयार रहेको बताउनु भयो । उक्त अन्तरक्रिया कार्यक्रममा विशिष्टिकृत सहकारीका सचिव गोपाल पौडेल , कोषाध्यक्ष खेम प्रसाद गौतम , संस्थाका GM अर्जुन अधिकारी , रुपन्देही डेरी व्यवसायी समितिका सल्लाहकार देवीलाल भट्टराई , उपाध्यक्ष बिष्णु पाण्डे , सचिव जीवलाल न्यौपाने , सदस्य  गोबिन्द गुरुङ , लेखा संयोजक कृष्ण चापागाईं  लगाएतले आ आफ्नो विचार तथा सल्लाह सुझाव व्यक्त गर्नु भएको थियोे ।

    लुम्बिनी प्रदेश भित्रका १४२  सहकारीहरु मिलेर बनेको उक्त सहकारीको सेयर  पुजी झण्डै दस करोड  रहेको छ ।
    तत्काल पाउडर पलान्ट स्थापना गर्ने लक्ष्य लिएको सहकारीले कार्तिक २५ गतेबाट मात्र दुग्ध पदार्थको उत्पादन शुरुआत गरेको हो भने अहिले दैनिक झण्डै तीन हजार लिटर दुध खरिद गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij