२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • "जनमतको परिक्षण गर्न तयार छौं "...
समाचार

"जनमतको परिक्षण गर्न तयार छौं " महासचिव विप्लव

"जनमतको परिक्षण गर्न तयार छौं " महासचिव विप्लव

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड नेत्र विक्रम चन्द ( विप्लव सी) ले आगामी ०८४ को निर्वाचनमा सहभागी हुने घोषण गरेका छन् ।
    पार्टी पुर्नगठन तथा तत्काली न जनमुक्ति सेना नेपालको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन ।
    प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीबाट बिद्रोह गरेर क्रान्तिकारी माओवादी हुदै नेपाल कम्युनिस्ट पार्टी गठन गरि अगाडि बढेका महासचिव विप्लवले पहिलो पटक सार्वजनिक रुपमा  चुनावमा सहभागी हुने संकेत व्यक्त गरेका हुन । 
    विप्लव नेतृत्वको नेकपा सँग तत्कालीन अवस्थामा  तीन बुदे संझौता गरेका प्रधानमन्त्री केपी ओलि संयोगबस अहिले पनि सरकारमा रहेको बेला तत्काल उक्त सम्झौता कार्यान्वयन गर्न आग्रह समेत गरेका हुन ।

    आफ्नो पार्टी समाजवादी सत्ता स्थापना गर्ने उदेश्यबाट बिचलित नहुने स्पष्ट पार्दै जन चाहना अनुसार मतदान प्रक्रियामा समेत सहभागी हुन सक्ने बताए ।

    देशमा दलाल र भ्रष्टहरुको रजाइँ चलेको भन्दै आफ्नो पार्टीले एकीकृत जनक्रान्ति तथा नेपाली बिशेषता अनुसारको समाजवादको परिकल्पना अगाडि सारेको बताए । 

    रास्वपाको नाम नलिइकन नयाँ भनाउँदा दलहरू जन्मदै एड्स संक्रमित भएर जन्मेको बच्चा जस्तो भएको आरोप लगाए । देशका युवाहरुलाई वैदेशिक रोजगारको नाममा बिदेश पलायन गराएको बताएका महासचिव विप्लवले सुकुम्बासीहरुलाई बल प्रयोग गरिएकोमा आपत्ती जनाए ।  

    कुमार पौडेल लगाएत १२ जना युवाहरुको हत्या गरेर पुराना पार्टीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउने कोसिस गरिएको बताउदै त्यो दुस्साहस नगर्न चेतावनी दिए ।
    तीन बुदे सहमति विपरीत अहिले पनि आफ्ना नेता तथा कार्यकर्ताहरुलाई जेलमा कोचेकोमा तत्काल रिहाइ गर्न माग गर्दै अन्यथा कडा कदम चाल्न बाध्य हुने चेतावनी दिए ।
    पहिला प्रचण्ड तथा पछि मोहन बैध्यसँग बिद्रोह गरि विप्लवले आफ्नो नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन गरेको आज दस बर्ष पुरा भई एघारौं बर्षमा प्रवेश गरेको छ ।

    यसैगरी पार्टीको एघारौं स्थापन दिवस रुपन्देहीमा समेत विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । आज बिहान नेकपा रुपन्देहीले खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने साँझ शुभकामना आदानप्रदान सहित बुटवलको योगीकुटीमा दिपप्रज्वलन समेत गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij