हेटौडामा आरोह सीद्धारा सङ्ग्रहित “आउँछन् यादहरू” को गायन तथा विमर्शको कार्यक्रम सम्पन्न भएको छ । पुस्तकमाथि चर्चा गर्दै नेकपा पोलिटब्युरो सदस्य एवं वरिष्ठ गीतकार माइला सीले आरोह सीद्धारा लेखिएको गीतहरु क्रान्ति र इतिहासको दस्तावेज भएको बताएका छन् ।
पुस्तकमाथि बोल्दै घनश्याम घिमिरे र कवि शान्तिप्रिय बन्दनाले जनवादी गीत संगीतले परिवर्तनको पक्षमा महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा जनकलाकार रमण थामीले गीत गाएका थिए । कवि मुक्तान थेबाले समेत सहयोग गरेका थिए ।
कार्यक्रममा पुस्तक लेखक एवं गायक आरोह सीले आफ्नो सुरिलो आवाजमा विभिन्न गीतहरु गाएर उपस्थित व्यक्तित्वहरुलाई मनोरञ्जन गराएका थिए ।
छलफल कार्यक्रमका लागि सहजकर्ताको रूपमा आफ्नो भूमिका भने कवि पुरुषोत्तम आचार्य गरेका थिए ।
जनगायक आरोह सी जनयुद्धदेखि अहिलेसम्म निरन्तर सांस्कृतिक क्षेत्रमा क्रियाशील छन् । उनको सयौंको संख्यामा गीतहरु रेकर्ड भएका छन् ।
