गुल्मीको ठूलो लुम्पेकस्थित सत्यवतीमा मेला सुरु भएको छ । हिजो साँझदेखि मेलास्थलमा दर्शनार्थीहरुको भीडभाड सुरु भएको छ ।
मेलामा गुल्मी, बाग्लुङ, पर्वत, स्याङ्जा, अर्घाखाँची, प्युठानलगायतका जिल्लाहरुबाट मेलामा आइपुगेका छन् । यसपटकको मेलाको मुख्य आकर्षक ठूलो नचरी, सोरठी र सत्यवतीमा रहेको लाली गुराँसका मूर्ति तथा चित्रकलाहरु रहेका छन् ।
लोकदोहोरी कलाकार अर्जुन सापकोटा, सुदीप सिंजाली मगर, टिका पुनलगायतको प्रस्तुति समेत रहने आयोजकले बताएको छ ।
आदिबासी संस्कृतिमा आधारित ठूलो नचरीको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि प्रतियोगितात्मक सहभागिता गरिनेछ । त्यस्तै झाम्रे, सालैजो, ख्याली, विभिन्न नाचहरुको प्रस्तुति समेत रहनेछ । स्थानीय कलाकारहरुको शसक्त प्रस्तुति समेत रहनेछ ।
विहान ३ बजेदेखि नै दर्शनार्थीहरुले सत्यवती बर्जुसित मनले चिताएको कुरा पुरा होस् भन्दै बर माग्ने, शान्तिको कामना गर्दै परेवा माग्ने, बलिदिने, धुपधुवार गर्ने र सत्यदेवीको आर्शिवाद लिने चलिरहेको साकटेक नेपालका अध्यक्ष धनराज श्रीसले बताए ।
मेलामा विभिन्न स्थानीय परिकारहरुको स्वाद लिन सकिने उपाध्यक्ष रुक राहादी मगरले बताए । व्यवस्थाका लागि स्टल भरिभराउ रहेको बताए ।
