२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • रोल्पाको सुकिदहमा जिप दुर्घटना, दश यात्रु...
जिप दुर्घटना

रोल्पाको सुकिदहमा जिप दुर्घटना, दश यात्रु घाइते

रोल्पाको सुकिदहमा जिप दुर्घटना, दश यात्रु घाइते

दाङ, २३ कार्तिक । रोल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा सुकिदह-४ पाखापानि बस्ने बर्ष ७० का भरत बहादुर वलि, सोही ठाँउका १८ वर्षका लोकेन्द्र खत्रि, ३४ वर्षका तिलक केसी, १३ वर्षका लक्ष्मी केसी, ३९ वर्षका रुपा केसी, १२ वर्षका नबिन केसी रहेका छन् ।

शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • दाङ, २३ कार्तिक । रोल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा सुकिदह-४ पाखापानि बस्ने बर्ष ७० का भरत बहादुर वलि, सोही ठाँउका १८ वर्षका लोकेन्द्र खत्रि, ३४ वर्षका तिलक केसी, १३ वर्षका लक्ष्मी केसी, ३९ वर्षका रुपा केसी, १२ वर्षका नबिन केसी रहेका छन् ।

    यस्तै दुर्घटनामा रोल्पा सुकिदह-४ पाखापानि कै ९वर्षका मोहन केसी, ३७ वर्षका दिपक खत्री, २६ वर्षका भुपाल खत्री र २३ वर्षका निर्मला वली रहेका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।

    रोल्पा जिल्लाको त्रिबेणी गाउँपालिका-३, तिखनभिर स्थित भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ । तुलसीपुर तर्फ आउँदै गरेको लु १ ज २३८६ नम्बरको जिप आज दिउँसो २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    जिपमा १२ जना सवार रहेका थिए । रोल्पा सुकिदह गाउपालिका-४ बस्ने २० वर्षका जिप चालक करन वली र गाडी साहु रमेश वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij