२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • 'बिष्टलाई मात्रै होइन, अमेरिकालाई समेत पत्राचार...
एमसीए निर्देशक विष्टलाई नेकपाको पत्रबारे

'बिष्टलाई मात्रै होइन, अमेरिकालाई समेत पत्राचार गरेका छौ' : भरत सी

'बिष्टलाई मात्रै होइन, अमेरिकालाई समेत पत्राचार गरेका छौ' : भरत सी

'यो पार्टी हेडक्वार्टरकै नीति तथा निर्देशन अनुसार पत्राचार गरिएको हो ।'

शनिवार, कार्तिक १७ २०८१
शनिवार, कार्तिक १७ २०८१
  • नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना सञ्चालन गर्ने संस्था एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई राजिनामा दिन चेतावनीपूर्ण पत्रबारे नेपाल प्रेसले भरत सीसँग गरेको संक्षिप्त कुराकानीः

     

    –एमसीए निर्देशकलाई किन यसरी व्यक्तिगतरुपमा पत्राचार गरिएको हो ?

     

    उहाँ सचेत नागरिक भएको हुनाले यस परियोजनामा काम गर्दा सोच्नुपर्छ भनेर अनुरोध गरिएको हो । बिसुद्ध कर्मचारी भएर सोच्ने हो भने त फरक कुरा भयो । तर, सचेत नागरिकको हैसियतले सोच्दा यो परियोजना उपयुक्त छैन भन्ने पुष्टि भइसकेकाले उहाँलाई यसमा काम गर्नका लागि पुर्नविचार गर्नुहोस भनेर भनेका हौ । विश्व धुब्रिकरणमा अमेरिकी सैन्य परियोजनाको नेतृत्व गर्ने परियोजना भएकाले समयमै सोच्नुपर्छ र स्वाभिमानी नेपालीको नागरिको तर्फबाट बेलैमा सचेत भएर उपयुक्त निर्णय लिनुपर्छ भन्ने हो ।

    –यो अनुरोध हो कि धम्की ?

    कसले कसरी बुझ्छ त्यो हामीलाई थाहा भएन । तर हामीले धम्की भन्दा पनि उहाँलाई पुर्नविचार गर्नुहोस भनेर अनुरोध सहित पत्राचार गरको हो । एमसीसीलाई कमजोर तरिकाले बुझेकाले धम्कीको रुपमा बुझेको पनि हुनसक्छन् ।

    –एउटा परियोजनामा काम गर्ने कर्मचारीलाई पत्र पठाएर के हुन्छ ?

    उहाँलाई मात्रै होइन, अमेरिकालाई समेत हामीले पत्राचार गरेका छौ । नेपाल सरकारलाई पनि धेरै पटक पुर्नविचार गर्नुपर्छ भनेर भनिसकेको र चेतावनी दिइसकेका छौ । अहिले चाही उक्त परियोजनाको प्रमुख व्यक्ति भएकाले उहाँलाई पनि अनुरोध गरेको हो ।

    –तपाईंको पार्टीले पहिले चन्दा माग्ने अनि नदिएपछि यसरी धम्की दिने श्रृङखला त होइन ?

    होइन, त्यो बेकारको आरोप मात्रै हो । पार्टी केन्द्रको नीति अनुसार पत्राचार गरिुएको हो ।

    –पत्राचार गरिएको मात्रै हो कि यसअघि कुनै सम्पर्क समन्वय भएको छ ?

    कुनै पनि सम्पर्क तथा समन्वय भएको छैन । पार्टीको उच्च तहको नेतृत्व नै कार्यालयमा पुगेर हातमा दिने सोच थियो । त्यो सम्भव नभएपछि प्रतिनिधिमार्फत दिइएको हो ।

    –उहाँले यसमा पुर्नविचार गर्नुभएन भने के हुन्छ ?

    पुर्नबिचार गर्दा राम्रो हुन्छ, देशका लागि राम्रो हुन्छ । हाम्रो अपिल पनि हो एउटा सचेत नागरिकलाई । उहाँले पुर्नविचार गर्नुभएन भने हाम्रो पार्टीको संघर्ष जारी छ । त्यसको असर उहाँमा पनि पर्छ नै उहाँले यो कुरा बुझिहाल्नुहुन्छ । उहाँले धेरै बुझ्न सक्ने व्यक्ति भएकाले बुझाइरहनु पर्दैन होला ।

    –केन्द्रीय समितिले पत्राचार नगरेर प्रदेश समितिको इञ्जार्चबाट किन पत्राचार गरिएको हो ?

    यो पार्टी हेडक्वार्टरकै नीति तथा निर्देशन अनुसार पत्राचार गरिएको हो । एमसीसीको कार्यकारी निर्देशकको घर सुदूरपश्चिम प्रदेशमा भएकाले उहाँलाई सुदूरपश्चिम प्रदेश पार्टीको तर्फबाट पत्राचार गरिएको हो ।

    –घर सुदूरपश्चिम भए पनि कार्यालय त काठमाडौंमा छ नि ?

    हो, उहाँ सुदूरपश्चिम बस्नुहुदैन । उहाँले प्रत्यक्ष प्राप्त गर्नेगरी हाम्रो पार्टीका प्रतिनिधिमार्फत उहाँको कार्यालयमा नै बुझाइएको छ ।

    –उहाँले पत्र प्राप्त गरिसक्नु भएको वा नभएको बारे केही जानकारी छ ?

    कार्यालयमा नै हाम्रो पार्टीका प्रतिनिधि पुगेर बुभाएको हुनाले नपाउने भन्ने त कुरै छैन । सम्भवत हात परिसक्यो होला ।

     

    Source-https://www.nepalpress.com/2024/11/01/527004/

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij