२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • गुल्मीमा राति १० बजेसम्म देउसी भैलो...
देउसी/भैलो

गुल्मीमा राति १० बजेसम्म देउसी भैलो खेल्न पाइने

गुल्मीमा राति १० बजेसम्म देउसी भैलो खेल्न पाइने

गुल्मीमा राति दश बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।

शुक्रवार, कार्तिक १६ २०८१
शुक्रवार, कार्तिक १६ २०८१
  • गुल्मी । गुल्मीमा राति दश बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय गुल्मीले आज (बुधबार) एक सूचना जारी गर्दै तिहारमा खेलिने देउसी भैलो परम्परागत रुपमा चलिआएको संस्कृतिको जगेर्नासँगै मर्यादित तथा अनुशासित रुपमा राती दश बजेसम्म मात्र खेल्न आग्रह गरेको हो ।

    प्रचलित कानुनको पालना गरी सामाजिक सद्भाव तथा सांस्कृतिक पहिचान कायम राख्दै तिहार मनाउन आग्रह गरिएको छ । तिहारको अवसरमा मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको भन्दै भुईचम्पा, पटका, आतिसबाजी जस्ता प्रज्वलनशील तथा विष्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्न नहुने सहायक प्रमुख जिल्ला हरि प्रसाद गैरेले बताउनुभयो ।

    जुवा/तास खेल्ने/खेलाउने कार्य समेत गर्न नहुने भन्दै उहाँले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सार्वजनिक स्थानमा हो–हल्ला गर्ने जस्ता क्रियाकलाप नगर्न सूचनामार्फत् अनुरोध गरिएको बताउनुभयो । तिहारको अवसरमा कोही कसैले निषेध गरिएका कार्य गर्नुका साथै कानुनको बर्खिलाप हुने गरी त्यस्ता क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij