बुटवलमा रहेको ध्रुव तारा सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालीहरुका पर्व दीपावली ,छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तर सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष मान बहादुर कुँवरले मुख्यतः बुटवल भित्र रहेका सहकारीहरुको विच एक अर्का सहकारी सँग चिनजान तथा साझा चुनौतीलाई सामुहिक रुपले समाधान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
रुपन्देही बचत संघका अध्यक्ष वसन्त ढकालले बाहिरबाट आएका आगन्तुक सहकारीहरुले गर्दा रुपन्देहीका सहकारीहरुमा समस्या परेको बताए । सहकारी संचालकहरु अत्यन्तै सचेत हुनुपर्नेमा जोड दिदै अध्यक्ष ढकालले बचत संघले सम्बन्धि निकायलाई खबरदारी गरिरहेको जानकारी दिए । यसैगरी आस्था बहुउद्देश्यीय सहकारीका अध्यक्ष खेम प्रसाद लुइँटेलले अहिले सहकारीले नाफा कमाउने वा पुजी बढाउने भन्दा पनि सहकारीहरुलाई बचाउन लाग्नुपर्नेमा जोड दिए ।
सिरसिरे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण शर्माले सहकारीहरुका छाता संगठनहरुमा राजनीति भागबन्डा गरेर सहकारी क्षेत्रमा समस्या बढीरहेको बताउदै सहकारीहरुले नाफा भन्दा पनि सेयर सदस्यहरुलाई सेवा बढी दिनुपर्नेमा जोड दिए ।
उक्त शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा जागरुप सहकारीका अध्यक्ष हिमलाल भट्टराई ,लालटिन बहुउद्देश्यीय सहकारीका कार्यकारी अधिकृत लोकनाथ गिरि ,उपकार सहकारीका अध्यक्ष कृष्ण प्रसाद शर्मा ,धनबर्षा सहकारीका अध्यक्ष राधाकृष्ण देउला , ध्रुव तारा सयपत्री सहकारीका पुर्ब अध्यक्ष तुलसीराम शर्मा , संस्थाका उपाध्यक्ष झविन्द्र भट्टराई , लेखा समिति संयोजक पशुपति पौडेल लगाएतले आ आफ्नो विचार व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा सहभागी संस्थाका अध्यक्षहरुले सहकारी विच यस्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने , सेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्ने र सामुहिक रुपले मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको ध्रुव तारा सयपत्री सहकारीका सचिव तथा कार्यक्रम संचालक विनोद खनालले जानकारी दिए ।
