गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं.३, ठूलो लुम्पेक, सत्यवतीमा काष्ठकला, चित्रकला तथा मूर्तिकला कार्याशाला उद्घाटन भएको छ ।
लुम्बिनी प्रदेश सांसद चिन्तामणि पाण्डेले कार्याशालाको उद्घाटन गरेका हुन् । उनले नेपालीहरू आवश्यकताले नभई लहरले बिदेश गएको बताउदै नेपालको शिक्षा नीति पनि गलत भएको बताए । उनलेे प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले दस दिनसम्म चल्ने कार्याशालाले सत्यवतीको पहिचान दिने बताए । उनले सत्यवती क्षेत्र पर्यटन विकासका लागि पुर्वाधार निर्माण गर्ने बताए । वडा अध्यक्ष जितु तरामु मगरले ग्रामीण पर्यटन प्रबर्द्धनका लागि कार्याशालाको आयोजना गरिएको बताए ।
उद्घाटन कार्यक्रममा प्राज्ञद्व्य नरेन्द्र भण्डारी र यमबहादुर थापाले कलाबारे बोलेका थिए ।
कार्याशालामा प्राज्ञ एवं बरिस्ठ मूर्तिकारहरू दिनेश्वर महतो, भुवन थापा 'बहुवि', नरेन्द्र भण्डारी, यमबहादुर थापा, कलाकारहरू बेनु थापा, विशाल सारू मगर, कुशल थापा, सुमित्रा राना, सुजना श्रीस, हरि बयम्बु, श्याम प्रजापती, गोबिन्द चौधरी, शान्त राहादी, प्रीतम राना, अजय नेपाली, रिमा मिधुन, देविराम राहादी, निलम राहादी, जय पुलामी, गामदेव तरामु, पुजन खतिवडा, यमबङ थापा लगायत कलाकारहरूको सहभागिता रहेको छ ।
