२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
प्रतिभा सम्मान

ठूलो लुम्पेकका तीनजना प्रतिभालाई सम्मान

ठूलो लुम्पेकका तीनजना प्रतिभालाई सम्मान

गुल्मीको सत्यवती गाउँपालिका, ठूलो लुम्पेक ३ नं. वडा कार्यालयको आयोजनामा परिचयात्मक शुभकामना तथा आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका, ठूलो लुम्पेक ३ नं. वडा कार्यालयको आयोजनामा परिचयात्मक शुभकामना तथा आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा आन्तरिक राजस्व कार्यालय झापा, भद्रपुर शाखा प्रमुख तिलक थापा, नेपाल राष्ट्र बैंक सहायक निर्देशक बिमला कुँवर र भर्खरै श्रीलंकाको कोलम्बोमा भएको काभा अन्डर नाइन्टिन अन्तरास्ट्रिय भलिबलमा सहभागी भएर आउनु भएका भलिबल खेलाडी लेसमन राहादी मगरलाई सम्मान गरेको हो ।

    IMG-20241015-WA0024.jpg
    undefined

    ठूलो लुम्पेकमा जन्मिएर विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुहुने प्रतिभाहरूलाई सम्मान गरेको हो । ठूलो लुम्पेक थुम्का निवासी तिलक थापा आन्तरिक राजस्व कार्यालय भद्रपुर शाखाका प्रमुख हुन् । बिमला कुँवर ठूलो लुम्पेक खुलियाकी हुन् । उनी अहिले नेपाल राष्ट्र बैंकको सहायक निर्देशक हुन् ।

    त्यसैगरी लेसमन राहादी मगर ठूलो लुम्पेक क्वाङ निवासी हुन् । उनी भर्खरै श्रीलंकामा सम्पन्न काभा-१९ भलिबल प्रतियोगितामा सहभागी भएका थिए ।

    IMG-20241015-WA0023.jpg
    undefined



    सम्मान कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ एवं काठमाडौ बिश्वबिधालयका सहायक प्राध्यापक भुवन थापा 'बहुवि', अतिथिहरू नेकपा एमालेका अमर सिंजापती, नेकपा माओवादी केन्द्रका लोक सुनार, नेकपा गुल्मी इन्चार्ज खोमा तरामु मगर, राष्ट्रिय जनमोर्चाका हिरा तरामु मगर, नेकपा बहुमतका पारस राहादी मगर, सत्यवती गाउँपालिका वडा नं.२ अध्यक्ष खडकबीर थापा, पूर्व वडा अध्यक्ष रूकबहादुर राना, कलाकार बेनु थापा मगर, श्री धर्मपुर माविका प्रअ बलबहादुर राहादी मगर, श्री भानु आविका प्रअ खिमलाल राहादी मगर,समाजवादी मगर मुक्ति नेपालका केन्द्रीय सदस्य ईश्वरी तरामु मगर, गाउँपालिका सदस्य पतिराम बिक, वडा सदस्य ओम सिंजापति, ठूलो लुम्पेक खेलकुद विकास समितिका अध्यक्ष निम राहादी, सामाजिक अगुवा भीम तरामु मगर, अखिल नेपाल शिक्षक संगठन गुल्मीका सहसचिव प्रदीप राहादी मगर, शिक्षकद्वय कृष्ण पुलामी मगर र प्रदिपा राना मगर लगायत सयौंजनाको सहभागिता रहेको थियो ।

    वडा अध्यक्ष जितु तरामु मगरको अध्यक्षता, वडा सदस्य अर्जुन तरामु मगरको स्वागत र वडा सचिव नन्दलाल राहादी मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लेसमन राहादी मगरकी आमा धनी राहादी मगर र बिमला कुँवरकी आमा आशा कुँवरलाई समेत सम्मान गरिएको थियो ।

    कार्यक्रममा परिचयात्मक तथा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij