बुटवल । आफ्नो हजुर आमा होम कुमारी पौडेलको तेह्रौ दिनको पुण्य तिथिको अवसर पारेर अमेरिका रहेका नाति शिव पौडेलले बुटवलमा रहेको नन्दनी गौशालामा रहेका गाईहरुको लागि गौआहार ( दाना) सहयोग गरेका छन् ।
पर्वत जिल्ला फलेवास १० कुर्घा उल्यारी स्थायी घर भइ हाल भरतपुर उपमहानगरपालिका ११ बस्ने ७८ वर्षिय होम कुमारी पौडेलको यहीँ असौज १५ गते निधन भएको थियोे ।
स्वर्गीय होम कुमारीका नाति शिव पौडेलले अमेरिकाबाट नै हजुर आमाको बैकुण्ठ बासको कामना गर्दै गौशालामा सहयोग प्रदान गरेका हुन ।
यसैबीच आज नन्दनी गौशालामा पुगेर एक कार्यक्रमका बीच उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष तथा घर बहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगलको रोहवरमा पर्वत रुपन्देही सेवा समाज केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माले उक्त सहयोग गौशालामा हस्तान्तरण गरेका हुन ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसिले स्वर्गीय हुम कुमारी आमा प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको स्मृतिमा परिवारले देखाएको सहयोग सबैको लागि अनुकरणीय रहेको बताए । बुटवल बजार क्षेत्रमा रहेका अन्य चौपायाहरुलाई समेत गौशालामा ल्याउनु पर्नेमा अध्यक्ष जिसिले जोड दिए ।
यसैगरी घर बहाल सरोकार संघका अध्यक्ष राजु लिगलले परिवारका सदस्य गुमाएका बेला समेत सहयोग पुराउने परिवारबाट सबैले प्रेरणा लिनुपर्ने बताए ।
मिडिया कर्मी समेत रहेका रुपन्देही डेरी व्यवसायी समिति अध्यक्ष रामकृष्ण शर्माले स्वर्गीय आमा हुक कुमारी प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे । परिवारमा परेको दुखद घटनाको बेला समेत सहयोग गरेर समाजमा उदाहरणीय काम गरेको समेत अध्यक्ष शर्माले बताए ।
सामाजिक रुपान्तरण नेपालका सदस्य रेखा शर्मा समेतको उपस्थितिमा भएको कार्यक्रममा रु २१०००/ एक्काईस हजार बराबरको सहयोग ( साइलेज १७०० केजी ,भेली ५ केजी तथा नुन ४ केजी ) हस्तान्तरण गरिएको थियोे ।
बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा चौपायाहरु व्यवस्थापनको लागि गौशाला संचालनमा ल्याएपछि मिडिया कर्मी समेत रहेका रामकृष्ण शर्माले देश विदेशमा समेत गौशालाको लागि सहयोगको अभियान नै चलाइरहेका छन् ।
शर्माकै पहलमा रुपन्देही डेरी व्यवसायी समितिका सचिव जीवलाल न्यौपानेको जन्म दिन गौशालामा नै मनाएर शुरुआत गरिएको अभियान अहिलेसम्म पनि निरन्तर जारी रहेको छ ।
रुपन्देहीका विभिन्न संघ संस्थाहरुबाट समेत उल्लेख्य मात्रा सहयोग भइरहेको छ ।
बिगत केही महिना अगाडि देखि बुटवल उपमहानगरपालिकाले त्यहाँ रहेका गाईहरुलाई नजिकै रहेको जंगलमा चराउने व्यवस्था समेत गरेको छ ।
