बुटवल । रुपन्देही डेरी व्यवसायी समितिले नेपालीहरुका बिशेश पर्व बिजया दशमी , शुभ दिपावली ,छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
डेरी व्यवसायी समिति अध्यक्ष रामकृष्ण शर्माले संस्थाको तर्फबाट सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दै दशै पर्व सम्पुर्ण नेपालीहरुको साझा पर्व भएको बताउनु भयो । समितिको निरन्तरको प्रयासबाट दुधको गुणस्तरमा सुधार भइरहेको तथा निरन्तर अनुगमन जारी रहने उहाँले बताउनु भयो ।
अध्यक्ष शर्माले देशमा बाढी पहिरोको कारणले भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै बाढी तथा पहिरो पीडितहरुले समेत चाडपर्व मनाउने वातावरण बनाउन सरकार सँग माग गर्नु भयो । रुपन्देही डेरी व्यवसायीहरुका आगामी प्रत्येक कार्यक्रमहरु रचनात्मक र संदेश मुलक हुने अध्यक्ष शर्माले बताउनु भयो ।
यसैगरी संस्थाका सल्लाहकार एवं मानवअधिकार तथा शान्ति समाजका निवर्तमान सभापति कृष्ण भट्टराईले सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्दै डेरी व्यवसायलाई समय अनुकूल व्यवस्थित गर्दै लैजानु पर्नेमा जोड दिनु भयो ।
सोही कार्यक्रममा समितिका पुर्ब अध्यक्ष तथा सल्लाहकार नेत्र पाठकले सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्दै रुपन्देही डेरी व्यवसायी समितिलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनु भयो ।
उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष बिष्णु प्रसाद पाण्डे , सचिव जीवलाल न्यौपाने ,कार्यसमिति सदस्य कमल काफ्ले , गोबिन्द रेग्मी , उमा भट्टराई , लेखा समिति कृष्ण प्रसाद चापागाईं ,बुटवल नगर अध्यक्ष जगदीश गहिरे लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सहसचिव कमल नेपालले गर्नुभएको थियोे ।
