२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • गुल्मीको सत्यवती गाउँपालिका रुद्रवेणी नजिकै जिप...
सडक दुर्घटना

गुल्मीको सत्यवती गाउँपालिका रुद्रवेणी नजिकै जिप दुर्घटना, १६ जना घाइते

गुल्मीको सत्यवती गाउँपालिका रुद्रवेणी नजिकै जिप दुर्घटना, १६ जना घाइते

गुल्मीमा जीप दुर्घटनामा परी १६ जना घाइते भएका छन् । बुधबार बुटवलबाट गुल्मीको चन्द्रकोट गाउँपालिका स्थित शान्तिपुर तर्फ आउँदै गरेको लु १ झ २०८८ नम्बरको यात्रु वाहक जीप जिल्लाको सत्यवती गाउँपालिका –१ अन्र्तगत कुडालीमा दुर्घटना भएको हो ।

बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • बुटवल । गुल्मीमा जीप दुर्घटनामा परी १६ जना घाइते भएका छन् । बुधबार बुटवलबाट गुल्मीको चन्द्रकोट गाउँपालिका स्थित शान्तिपुर तर्फ आउँदै गरेको लु १ झ २०८८ नम्बरको यात्रु वाहक जीप जिल्लाको सत्यवती गाउँपालिका –१ अन्र्तगत कुडालीमा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी जीपमा सवार चालक सहित १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिएका छन् । उक्त जीप अनियन्त्रित भई सडकबाट दश मिटर तल खसेको बताईएको छ ।

    दुर्घटनामा घाईते भएकाहरु मध्ये केहीको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भैरहेको छ भने अन्य घाईतेहरुलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाईएको सूचना अधिकारी पोख्रेलले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij