२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • बुटवलका व्यवसायीहरु एकीकृत, दुइदर्जन संघसंस्थाहरुको साझा...
व्यवसायिकहरुको एकता

बुटवलका व्यवसायीहरु एकीकृत, दुइदर्जन संघसंस्थाहरुको साझा सञ्जाल

बुटवलका व्यवसायीहरु एकीकृत, दुइदर्जन संघसंस्थाहरुको साझा सञ्जाल

बुटवलमा रहेका व्यावसायिक संघसंस्थाहरु एकीकृत हुँदै गइरहेका छन् । केही महिना अगाडि आफ्ना व्यावसायिक हकहितको लागि तथा आर्थिक मन्दीको मारमा परेको बुटवललाई पुनः पहिलाकै स्थितिमा फर्काउने लक्ष्य लिएर शुरुवात गरिएको सामाजिक संजाल ग्रुप अहिले थप बिस्तार भएको छ ।

बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • बुटवल । बुटवलमा रहेका व्यावसायिक संघसंस्थाहरु एकीकृत हुँदै गइरहेका छन् । केही महिना अगाडि आफ्ना व्यावसायिक हकहितको लागि तथा आर्थिक मन्दीको मारमा परेको बुटवललाई पुनः पहिलाकै स्थितिमा फर्काउने लक्ष्य लिएर शुरुवात गरिएको सामाजिक संजाल ग्रुप अहिले थप बिस्तार भएको छ ।

    सामाजिक संजालले आयोजना गरेको नेपालीहरुका बिशेष महान पर्व दशै तिहार, छट तथा नेपाल सम्वत लगाएत पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । रुपन्देहीमा क्रियाशिल संचारकर्मीहरुको समेत बाक्लो उपस्थितिमा उक्त कार्यक्रम सप्पन्न भएको हो ।

    कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका अध्यक्षहरुले एक आपसमा शुभकामना आदानप्रदान गरि संजाल ग्रुपलाई थप मजबुत तथा एकताबद्ध बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । केही दिन अगाडि देशका विभिन्न स्थानहरुमा बाढी पहिरोका कारणले भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन समेत माग गरेका छन् । 

    आर्थिक मन्दीको कारण थलापरेको बुटवल बजार क्षेत्रलाई चलाएमान गराउने र व्यवसायीहरुको हकहितका लागि काम गर्ने उदेश्यमा साथ संस्थाका गतिविधिहरु अगाडि बढाइरहेको सहभागीहरुले स्पष्ट पारेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा घरेलुु तथा साना उद्योग ब्यवसायी ध्रुबकुमार धिताल, पेट्रोलियम ब्यवसायी हिमाल गैरे,जनमत संचार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनाल,यसक्षेत्रका अग्रज पत्रकार हरिश ढकाल, मासु ब्यवसायी संघ रूपन्देहीका अध्यक्ष बिशाल थापा,औषधी ब्यवसायी संघका बुद्धि ज्ञवाली, बिद्युतीय ब्यवसायी यज्ञप्रसाद गैरे, घरबहाल सरोकार संघ रूपन्देहीका उपाध्यक्ष टुकलाल न्यौपाने, अटो ब्यवसायी प्रेम गौचम, हैदरावादी बिर्यानी बुटवलका सञ्चालक जनक खड्का, इरिक्सा ब्यवसायी कृष्णप्रसाद तिवारी ,मोबाइल ब्यवसायी बिष्णु ज्ञवालीलगायतले आ आफ्नो विचार व्यक्त गरेका थिए ।

    उक्त कार्यक्रमको संचालन मिडियाकर्मी तथा रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष रामकृष्ण शर्माले गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij