२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक पानी...
जलवायु

लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक पानी पर्ने सम्भावना

लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक पानी पर्ने सम्भावना

लुम्बिनी प्रदेशको गुल्मी, अर्घाखाँची, रुकुम, रोल्पा, प्युठानलगायत अधिकांश पहाडी भूमागमा पानी पर्ने सम्भावना रहेको छ । त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।

सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशको गुल्मी, अर्घाखाँची, रुकुम, रोल्पा, प्युठानलगायत अधिकांश पहाडी भूमागमा पानी पर्ने सम्भावना रहेको छ । त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।

    बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। 

    बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    महाशाखाका अनुसार राति कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

    कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव कायमै छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij