२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको स्मृतिमा श्रद्धाञ्जली...
श्रद्धाञ्जली कार्यक्रम

वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • बुटवल । वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

    श्रद्धाञ्जली कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले दिवंगत कर्णबहादुर कार्की लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध योद्वा भएको बताउदै उनले राजनीतिक बेइमानी विरूद्व संघर्ष गरेको बताए । उनले पत्रकार कार्कीहरूले कलम चलाएर लोकतन्त्र र गणतन्त्र प्राप्त भएको बताउँदै कार्यक्रममा संसदमा नै भएका पार्टीहरूबाट लोकतन्त्र र गणतन्त्र खतरामा रहेकोे बताए ।

    नेकपा पोलिटब्युरो सदस्य वसन्त सीले पत्रकार कार्कीले जनयुद्धको समयमा महत्त्वपूर्ण योगदान गर्नुभएको बताउँदै राज्यको दमनको विरूद्व कार्की सशक्त रूपमा उभिएको बताए। उनलेे कार्की निर्भिक, स्वाभिमानी र साहसी पत्रकार बताए ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कृष्ण  पौडेलले कार्कीसित २०४२ सालदेखि सहकार्य गरेको भन्दै कार्की असाध्यै सरल भएको र सुकुम्बासी आन्दोलनको नायक भएको बताए ।

    वामपन्थी नेता बिनबहादुर कुँवरले कार्कीले ०४७ को आन्दोलनमा कार्कीले महत्त्वपूर्ण भूमिका खेलेको बताउदै कार्कीले सुकुम्बासी आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेको बताए ।

    पत्रकार मोहन चापागाईंले कार्की ज्युँदो मान्छे भएको बताउदै उनको पारिवारिक, पत्रकारिता, राजनीतिक र ब्यवसायिक ब्यक्तित्व भएको बताए । उनले कार्कीको जीवनको मूल उद्वेश्य राजनीति भएको र पत्रकारिता पहिचान भएको बताए ।

    कार्यक्रममा लेखक ऋषि आजाद र अधिवक्ताद्व्य पदम कार्की र ज्ञानु केसीले समेत श्रद्धाञ्जली मन्तव्य दिएका थिए । लुम्बिनी दैनिक र राष्ट्रिय स्वाधीनताका लागि नागरिक मन्चको आयोजनामा कार्यक्रम भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij