२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • मासु व्यवसायी संघ रुपन्देहीको आन्दोलनमा राजनीति...
समाचार

मासु व्यवसायी संघ रुपन्देहीको आन्दोलनमा राजनीति दल र व्यवसायी संघ संस्थाको साथ

मासु व्यवसायी संघ रुपन्देहीको आन्दोलनमा राजनीति दल र व्यवसायी संघ संस्थाको साथ

आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • बुटवल । विगत केही दिनदेखि चलेको बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रुपन्देहीको द्वन्द्व बढ्दै गइरहेको छ ।  बुटवलको बधशाला संचालनको सन्दर्भमा उनीहरू विच द्वन्द्व चर्केको हो ।

    बधशालामा बध गरेका खसी बोकाहरुको मात्र मासु बिक्रीवितरण गर्नुपर्ने नगरपालिकाको निर्देशनलाई व्यवसायीहरुले अवज्ञा मात्र गरेका छैनन् ,आफ्नो पसल नै बन्द गरेर आन्दोलनमा होमिएका छन् । यता बुटवल उपमहानगरपालिका दिनहुँजसो अनुगमनको नाममा व्यवसायीहरुलाई जरिवानाको कागज थमाउदै अगाडि बढिरहेको मात्र छैन , पहिलो पटक १० हजार ,दोस्रोपटक २५ हजार र तेस्रोपटक पनि आफु खुशी पशु बध गरि बिक्रीवितरण गरे ५० हजार जरिवाना र पसल नै बन्द गर्ने चेतावनी दिइरहेको छ ।
    यसैबीच पछिल्लो अवस्थाको बारे जानकारी दिदै मासु व्यवसायी संघ रुपन्देही नेपालले विभिन्न राजनीतिक दल तथा व्यवसायी संघ संस्थाहरु विच छलफल तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मासु व्यवसायीहरुको आन्दोलनमा ऐक्यबद्धता मात्र प्रकट गरेका छैनन् , आफ्नो राजनीति दलको पुर्ण साथ र सहयोग रहेको समेत  बताएका छन् ।

    उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले बुटवल उपमहानगरपालिकाले मासु व्यवसायीहरु माथि अन्याय गरेको बताए । दिनहुँजसो अनुगमनको नाममा कुनै विधि र नियम विपरीत व्यवसायीहरुलाई दुख दिएको बताउदै बुटवल उपमहानगरपालिकाको अनुगमनमा आफ्नो संस्थाको सहभागीता नरहेको स्पष्ट पारेका छन् ।  नेकपा एमाले जिल्ला सचिवालय सदस्य राजेन्द्र ढकालले बुटवल उपमहानगरपालिकाले व्यवसायीहरुलाई अनावश्यक दुख दिएको बताउदै मासु व्यवसायीहरुको आन्दोलनमा साथ र सहयोग रहने तथा नेकपा एमालेको तर्फबाट समेत छुट्टै आन्दोलन समेत गर्न पछि नपर्ने चेतावनी दिएका छन् ।  अर्का एमाले नेता तथा बुटवल उपमहानगरपालिकाका मेयरका उमेदवार समेत रहेका बाबुराम भट्टराईले वर्तमान नगर प्रमुखले गलत काम अगाडि बढाएको भन्दै व्यवसायीहरुको पक्षमा साथ र सहयोग गरेको स्पष्ट पारेका छन् ।
    यसैगरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शरद ओलिले दलाल पुँजिपति वर्गको राज्य सत्ताले जनतालाई सधैंभरि दुख दिइरहने बताउदै आफ्नो पार्टी उत्पादक किसान तथा व्यवसायीहरुको पक्षमा रहेको भन्दै गतल निर्णय सच्चाउन बुटवल उपमहानगरपालिकालाई चेतावनी दिएका छन् । 
    सोही अन्तरक्रिया कार्यक्रम रुपन्देही घर बहाल सरोकार संघमा अध्यक्ष राजु लिगल , होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भट्टराई , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दानबहादुर केसी , रास्वपा लुम्बिनी प्रदेश सदस्य महेन्द्र उपाध्याय , माओवादी केन्द्र बुटवलका अध्यक्ष महेन्द्र भुसाल ,मासु उत्पादन तथा प्रसोधन संघका अध्यक्ष कृष्ण प्रसाद पौडेल , महिला किसानको तर्फबाट हुमादेवि पौडेल ,मणि मुकुन्द उधानका अनन्त सिलवाल लगाएतले मासु व्यवसायीहरुको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेका थिए । यसैबीच मासु व्यवसायी संघको पछिल्लो निर्णय अनुसार आइतबार बुटवलमा र्याली तथा बिरोध सभा आयोजना गरिने जानकारी अध्यक्ष बिशाल थापाले गराएका छन्।

    यसैबीच बुटवल उपमहानगरपालिकाले मासु व्यवसायीहरु गौरवको  आयोजनाको रुपमा रहेको बधशालामा जानुको विकल्प नरहेको बताएको छ ।

    स्मरण रहोस् , बुटवलमा रहेको बधशाला संचालनको लागि पहिला मासु व्यवसायी तथा किसानहरु संलग्न संस्थालाई परेको टेण्डर  प्रक्रिया नपुगेको भन्दै रद्द गरि  बुटवल उपमहानगरपालिकाले मुक्तिनाथ लाइभस्टक बैंकलाई पुनः टेण्डर मार्फत प्रदान गरेपछि मासु व्यवसायी र बुटवल उपमहानगरपालिका विच द्वन्द्व बढेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij