२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • "दुग्ध क्षेत्रका समस्या समाधान गर्न तयार...
कृषि

"दुग्ध क्षेत्रका समस्या समाधान गर्न तयार छु" मुख्यमन्त्री आचार्य

"दुग्ध क्षेत्रका समस्या समाधान गर्न तयार छु" मुख्यमन्त्री आचार्य

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • बुटवल । रुपन्देही डेरी व्यवसायी समितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सँग भेटघाट गरेको छ ।
    समितिका अध्यक्ष रामकृष्ण शर्माको नेतृत्व गएको डेरी व्यवसायी समितिको टोलीले उक्त भेटघाट गरेको हो । 
    समिति अध्यक्ष रामकृष्ण शर्माका अनुसार पुर्ब निर्धारित कार्यक्रम अन्तरगत भेटघाट गरिएको हो ।
    हामीले पहिला नै स्वागत गर्ने कार्यक्रम तय गरेका थियौं , विभिन्न कारणले भेटघाट भएको थिएन आज भेटघाट सहित दुग्ध क्षेत्रमा देखिएका समस्याहरुबारे मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण गराएको तथा डेरी व्यवसायीहरुलाई दुध चेकजाँच गर्ने उपकरण र तालिलहरु माग गरिएको  अध्यक्ष शर्माले बताए । 
    खुला सिमानाका कारणले सरकारले आयात बन्द गरेका दुग्ध पदार्थहरु रुपन्देही जिल्लामा बिक्रीवितरण भइरहेको तथा  किसानले समयमै दुधको भुक्तानी नपाएको   विषयमा समेत  गम्भीर ढंगले छलफल भएको अध्यक्ष शर्माले बताए ।
    अध्यक्ष शर्माका अनुसार बुटवलमा रहेका सबै व्यवसायीहरुका साझा समस्या , सडकमा रहेका छाडा चौपायाहरु व्यवस्थापन लगाएतका कुराहरुमा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको थियोे ।
    उक्त भेटघाटमा व्यवसायीहरु तथा दुग्ध क्षेत्रका किसानहरुका  समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री आचार्यले बताउनु भएको थियो ।
    आचार्य मुख्यमन्त्रीमा चयन भएपछि लुम्बिनी प्रदेशमा सबैले अनुभुति गर्नेगरि कामहरु अगाडि बढेको देखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij