गुल्मी । सत्यवती गाउँपालिका वडा नं. २ थुम्कामा बाघको आक्रमणबाट पाँच वटा बाख्रा मरेको छ ।
स्थानीय बुद्व राहादी मगरको एक बोका र एक बाख्री, भीम राहादी मगरको दुइवटा माउ बाख्रा र एक पथेंग्री गरि ५ वटा बाख्रामाथी बाघले आक्रमण गरेको हो ।
नजिकैको बाघभीर जंगलमा चराउन लैजाँदा बाख्रालाई बाघले आक्रमण गरेको हो । बाघले बाख्रामाथी आक्रमण गरेपनि मानवीय क्षति भएको छैन ।
