२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
समाचार

"सदनमा  सिंह बनेको छु "प्रचण्ड

"सदनमा  सिंह बनेको छु "प्रचण्ड

शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • पुर्ब प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड )ले सत्ताबाट हटेपछि आफू सदनमा सिंहको भुमिकामा रहेको बताएका छन् ।

    बिहिवार अखिल क्रान्तिकारीको २३ अौै राष्ट्रिय सम्मेलनको उद्वाटन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन । 
    बर्तमान सत्ता गठबन्धन प्रति आक्रोशित देखिएका अध्यक्ष प्रचण्डले यो सरकार जुनसुकै बेला पनि विघटन हुन सक्ने चेतावनी समेत दिएका छन् । 

    आफू पहिलो पटक प्रधानमन्त्री हुदा लाखौं किसानहरुको ऋण मिनाहा गरेको स्मरण गर्दै दोस्रोपटकको कार्यकालमा जनार्दन शर्मा र कुलमान घिसिङ सहितले  लोडसेडिङ मुक्त गराएको बताए । यसैगरी आफ्नो तेस्रो कार्यकालमा इतिहासमै ठुला ठुला भ्रष्टहरुलाई कारबाही गरि जेल पठाएको बताए । यिनै भ्रष्टहरुलाई कारबाही गर्दा सत्ताबाट हट्नु परेको बताउदै अब सडकबाट विद्यार्थी र सदनबाट पार्टी लडेर कुनै पनि भ्रष्टचारीहरुलाई नछाड्ने चेतावनी दिएका छन् । 

    अहिले जनतासँग जोडिएर अगाडि बढेको बताउदै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको नयाँ संघर्ष अगाडि बढाउने स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij