२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • श्री भानु आधारभूत बिधालयद्वारा शिक्षक यामु...
समाचार

श्री भानु आधारभूत बिधालयद्वारा शिक्षक यामु राहादी मगरलाई बिदाइ

श्री भानु आधारभूत बिधालयद्वारा शिक्षक यामु राहादी मगरलाई बिदाइ

बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेक दाङ्सिङ्गामा अवस्थित श्री भानु आधारभूत बिधालयका बिज्ञान शिक्षक यामु राहादी मगरलाई बिधालयले एक कार्यक्रमको आयोजना गरि बिदाइ गरेको छ ।

    बिगत पाँच बर्षदेखि शिक्षक राहादी मगरले बिज्ञान बिषय अध्यापन गराउँदै आउनुभएको थियो । उहाँ प्राबि तृतीय श्रेणीका स्थायी शिक्षक हुनुहुन्छ ।

    IMG-20240925-WA0005.jpg
    फोटो : देउकुमारी राहादी मगर 


    भानु आधारभूत बिधालयबाट सरूवा भएर उहाँ नेरा गगनपुर आधारभूत बिधालय थुम्कामा सरूवा हुनुभएको छ ।

    यो अवसरमा प्रअ खिमलाल राहादी मगरले बिधालयको बार्षिक प्रगति रिपोर्ट र सामाजिक परिक्षण रिपोर्ट र कोषाध्यक्ष श्रीप्रसाद राहादीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रम वडा अध्यक्ष जितु तरामु मगर र बिधालय ब्यवस्थापन समिति अध्यक्ष लाउमाया पुलामीको अध्यक्षतामा भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij